संक्रमणको तेस्रो लहर शुरु हुन सक्छ, ःस्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

 

अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझैपनि नबुझी र खुल्लमखुल्ला ढंगले जनस्वास्थ्यका मापदण्डको उल्लंघन भैरहेको जनाउँदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गराउन सबै निकायलाई अनुरोध  गरेको छ । खोप केन्द्रमा आफ्नो पालोमा पुगेर खोप लगाउन र भीडभाड नगर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ । तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शैया र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

Comments are closed.