संघीयताको मर्म गाउँ पुगेन, विकासको भोकमा मराउँचे गाँउ

श्रीभद्र पौडेल

२५ जेठ

अन्नपूर्ण १ स्थित नागडाँडा दुग्ध उत्पादक सहकारी संस्थाको गाडी(ग१ज ६३४०) दैनिक दुध संकलनका लागि विहान अन्नपूर्ण ३ स्थित मराउँचे गाउँ जान्छ।

उक्त गाडीका चालक पाउँदुरका बुद्घिराम सुनारलाई सो गाउँ जाने बाटोको दयनीय अवस्था देखेर दुध लिन जान नपरे हुन्थ्यो लाग्छ ।उनी नजिकैको सेराचौर, धारापानी, लक्ष्मीदेउराली, अधिकारीडाँडा लगायतका स्थानमा पनि दुध ढुवानीका लागि दैनिक पुग्ने गरेका छन् ।अरु सबै गाउँ पुग्ने सडक ढिकैका छन्।तर उनको टाउको दुखाई बन्ने गरेको छ मराउँचे गाउँ जाने बाटो।

त्यस्तै सोही गाउँका बयोबृद्घ देवीप्रसाद पौडेल(काइला वा)लाई देशमा सङघीय व्यवस्था लागु भएसँगै आफ्नो गाउँमा पनि विकास निर्माणले तीब्रता पाउने विश्वास थियो।

जसअनुसार वि.स २०७४ बैशाख ३१ गते स्थानिय तहको चुनाव भयो ।गाउँपालिका अध्यक्षमा आफूसँग मत माग्न आएका अधिकारीडाँडाका यूवराज कुँवरले जिते।त्यस्तै गाउँपालिका उपाध्यक्षमा नजिकै पाउँदुरकोटकी सगुन गुरुङ तथा वडाध्यक्षमा पाउँदुरकोटकै चन्द्रबहादुर गुरुङ(खुसीमान्) विजयी भए ।

त्यस्तै प्रदेश तथा प्रतिनिधीसभाका विजयी सांसद पनि सो गाउँ पुगेर विकास निर्माणलाई तीब्रता दिने आश्वासन दिए।गाउँलेले आफ्नो गच्र्छे अनुसारको स्वागत तथा बधाई कार्यक्रम समेत आयोजना गरे ।त्यसवेला प्राय सबै गाउँवासी जम्मा भएर निर्वाचनको समयमा गरेका प्रतिबद्घताहरु कार्यान्वयनमा लैजानुपर्ने बताएका थिए।

चुनाव ताकाका फुर्तिला बयोबृद्घ देवीप्रसाद उमेर अवस्थाले आजकल(९५ वर्ष) विरामी छन्।स्वर्गवास हुनु अगाडि गाउँको विकास भएको हेर्र्ने उनको धोको छ।चुनाव यताको करिव ३ वर्षको अवधिसम्म पनि गाउँमा खासै विकास निर्माण भएको उनले देख्न पाएनन्।विकास निर्माणको त के कुरा जनप्रतिनिधीहरु गाउँ समेत टेक्नै छाडे।त्यसमा उनको गुनासो छ।

देवीप्रसाद जस्तै अन्य गाउँवासीलाई पनि गाउँविकासको चिन्ता छ।लकडाउनको अवधिमा पनि दैनिकजसो उनीहरु गाउँविकासमा खटिएका देखिन्छन् ।प्राय उनीहरु श्रमदान गर्दछन्।विकास निर्माणको काम गर्दा बजेट अभावमा गाउँलेले रातो चिया र चिउरा खाजा खाने गरेका छन् ।त्यसको श्रोत समेत कसरी जुटाउने भन्नेमा गाउँवासी चिन्तामा पर्छन्।

उक्त गाउँमा गाउँपालिकाले वार्षिक ५ लाख बजेट दिने गरेको छ ।त्यस्तै प्रदेश सरकारबाट प्रथम पटक चालुवर्ष रु.एक लाख ५० हजार बजेट परेको छ भने संङघिय सरकारबाट हालसम्म कुनै पनि रकम विनियोजन भएको छैन।

गाउँपालिकाबाट वार्षिक छुटिने उक्त रकम स्थानीय पत्थर मराउँचे काँडे ग्रामिण सडकको नियमित संरक्षण गर्दै संचालनमा ल्याउदा ठिक्क हुने बाटो समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए ।गाउँमा गर्नुपर्ने आधारभूत आवश्यकताका काम धेरै छन् ।बजेट निकै थोरै मात्र आउँछ, रकम उठाऊ भने कतिचोटी उठाउने? गाउँवासी सक्दैनन्, जितेर गएका जनप्रतिनीधिहरु चुनाव ताका मात्रै गाउँलाई आफ्नो भोट बैकको रुपमा प्रयोग गर्न आउँछन्ः बाटोका अध्यक्ष अधिकारीले तितो पाखे ।उक्त गाउँमा करिव ५० घरकुरियामा गरी दुई सय बढी मतदाता छन्।

बाटोको स्तरउन्नती गर्नु नै छ, गाउँमा कतिपय जग्गा बाँझै छ, कृषिमा पनि केही कार्यक्रम गर्नै पर्दछ स्थानिय प्रगतिशील युवा क्लवका अध्यक्ष डिल्लीराम पौडेल(दिलिप) ले सुनाए।उनले प्रतिनिधी तथा प्रदेश सभाका जनप्रतिनिधीले आफ्नो गाउँलाई अपमान गरेको तर्क समेत गरे।गाउँको विकासका लागि गाउँवाहिर रहेका दाजुभाईले पनि ध्यान दिनुपर्ने उनले सुझाए।

मराउँचेवासीले आफ्नो गाउँको विकासका लागि कृषिका कार्यक्रमहरु गर्नुपर्ने, पत्थर तथा काँडे हुँदै गाउँसम्म पुग्ने सडकको दिगोपना हुनेगरी स्तरउन्नती गर्नुपर्ने, गाउँदेखि अष्टे«लियन क्याम्प (ठुलाखर्क)सम्म सिढी बाटो बनाउनुपर्ने, छिमेकी अन्य गाउँमा जस्तै एक घर एक धारा निर्माण गर्नुपर्ने, बुहुउद्देश्यीय सामुदायिक भवन बनाउनुपर्ने, गाउँका चोकचोकमा डष्टविन राख्नुपर्ने, स्थानिय सरकारको पहलमा उध्यममा जोड दिनुपर्ने पनि जनाएका छन्।

यता गाउँपालिका अध्यक्ष युवराज कुँवरले अन्य गाउँको विकास जस्तै मराउँचे गाउँको विकास गर्न पनि आफू तयार रहेको स्पष्ट पारेका छन् ।तर त्यसका लागि भने गाउँलेहरुको अग्रसरता महत्वपूर्ण हुने उनले जनाए ।गाउँवासीले जनप्रतिनिधीबाट विभेदको महशुस गरेका रैछन्, अव त्यस्तो हुन दिनु हुँदैन ।देशमा संघियता आएकै वास्तविक गाउँको विकासका लागि हो भन्दै अध्यक्ष कुँवरले मराउँचेवासीको चहाना अनुसार स्रोतसाधनको उच्चत्तम प्रयोग गर्दै जतिसक्दो चाँडा मराउँचेमा विकास निर्माण गरिने बताए।

उनले एक घर एक धाराका लागि मराउँचेमा पटकपटक प्रयास गर्दा समेत योजना अगाडि नबढेको तितो समेत पोखे ।वयोबृद्घ देवीप्रसादसँग गरेका बाचा आफ्नो मानसपटनमा ताजै रहेको पनि उनले स्मरण गरे।

उता वडाध्यक्ष चन्द्रबहादुर गुरुङले समग्र वडाको विकासको तुलनामा मराउँचे पछि परेको स्वीकार गर्दै अव त्यसमा विशेष चाँसो दिइने बताए।हालसम्म मराउँचेवासीले विकासको माध्ययम पत्ता लगाउन सकेनन् अव त्यसमा वडाले सहजीकरण गर्दछ उनले भनेका छन् ।वडामा आर्थिक अधिकार केही पनि छैन अव म गाउँपालिका अध्यक्ष लगायत अन्य सरोकारवालालाई त÷तपाई÷हजुर जे भनेर भएपनि अन्य गाउँ सरह मराउँचेको विकास पु¥याएरै छाड्ने उनको अठोट छ ।

त्यस्तै प्रदेश सांसद राजीप पहारीका स्वकीय सचिव साजन सुवेदीले पोखराको स्टीमेट अनुसार अन्नपूर्णमा विकास निर्माणको स्टीमेट गर्दा खर्च नपुग्ने गरेको बताए ।मराउँचे गाउँमा पनि त्यस्तै भएको हो, गाउँमा कच्चा सामग्री ढुवानी गर्दा बढी खर्च हुने रैछ उनले भनेका छन्।

अन्नपूर्ण ३ मा कुल ११ टोल विकास संस्था छन् ।जसमध्ये उक्त गाउँ मराउँचे गोलडाँडा टोलमा पर्दछ ।उक्त टोलमा कुल ७४ घरकुरिया छन् ।मराउँचे स्थित ठुलो खोलो तथा त्यहाँका अन्य स्रोतबाट अन्नपूर्णका वडा नं. १, २ र ३ तथा पोखरा महानगरपालिका वडा नं. १८ र २४ वासीले पानी पिउने गरेका छन् ।

पत्थरदेखि मराउँचे हुँदै काँडेसम्म करिव ६ किलोमिटर बाटो छ ।उक्त बाटो स्तरउन्नतीका लागि भन्दै करिव ३ वर्ष पहिले गाउँलेहरुले आफूहरुबाटै रु.१२ लाख बढी संकलन गरी खर्च पनि गरेका थिए।

Comments are closed.