संचार गृहका संचारकर्मी तथा कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

पोखरा २९,जेठ
पोखरा हटलाईन –

प्रेस यूनियन कास्कीका अध्यक्ष तथा ने.का. कास्की प्रवक्ता नविन सिग्देलले पोखराका संचार गृहका संचारकर्मी तथा कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री मास्क, सेनिटाइजर र पन्जा वितरण गरिरहेका छन् । व्यक्तिगत तथा केही सहयोगीहरुको साथ लिएर हालसम्म दुई सय बढि संचारकर्मी तथा कर्मचारीहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको पत्रकार सिग्देलले जानकारी दिए । गत वैशाख १८ गतेबाट संचार गृहको सम्पर्कमा गएर आवश्यक परेको ठाउँमा आफै पुगेर स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिरहेको उनले बताए । यो महामारीमा आफु संचारकर्मी भएको नाताले संचारकर्मीहरुको सुख दुःखलाई आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको पनी सिग्देलले प्रष्ट पारे । साथै अझै धेरै संचारकर्मीहरुलाई सम्पर्क गर्ने क्रममा रहेकाले यस कार्यलाई आवश्यकता अनुसार निरन्तरता दिइने कुरा पनि पत्रकार सिग्देलले जानकारी दिए ।

Comments are closed.