संजय उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने

pppo                                                                         नेपाली लामो दुरीका धाबक एबम बिस्व पर्वतारोही संजय पण्डितले उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने भएका छन् | अस्ट्रेलिया महादेशको सर्बाधिक ठुलो पर्बत कोजिय्सको हिमाल उल्टो हिडेर आरोहण गरेको २ वर्ष पुगेको अबसरमा उनले यो दौड दौडने छन् | यो अनौठो कार्य हो | किनकि मान्छे उल्टो हिडेर पनि गन्तब्यमा पुग्न सक्छन भन्ने कुराको प्रमाणित गर्न म यो यति लामो  उल्टो दौड दौडिएर  संसारलाइ देखाउनको लागि दौडिदै छु |मंगलबार  काठमाडौँमा घोषणा गर्दै उनले भने मलाई थाहा छ यो निकै कठिन कार्य हो तर म मेरो यात्रामा सफल हुने कुरामा पूर्ण बिस्वोस्थ छु | म यो उल्टो दौडलाई निरन्तरता दिने छु र नेपालबाट उल्टो दौडको सुरुवात भएको हो भन्ने कुरा बिस्व सामु देखाउन चाहन्छु र यसलाई आधारिक रुपमा एथलेटिक्स संघमा दर्ताको लागि पहल गर्नेछु र आगामी भबिस्यमा उल्टो दौड आयोजना गरि वोर्ल्ड चेम्पिन्शिप नेपालबाट सुरुवात गर्न अधिक रुपमा लागि पर्ने छु उनले भने  | मलाई थाहा छ यस कार्यलाई दुनियाले  अनौठो रुपमा हेर्नेछ यो तर यो पनि सम्भव छ भन्ने कुरा देखाउन चाहानछु संजयले भने | उनले २२ नोवेम्बेर २०१४  मा अस्ट्रेलियाको सर्बोच्च सिखर ५ घण्टा २७ मिनेटमा सफलता पुर्बक उल्टो हिडेर आरोहण गरेका थिए | पण्डितले सन् २०१५ को डिसेम्बरमा २५ घण्टा ४० मिनेट उल्टो हिडेर अफ्रीकाको सर्बोच्च सिखर आरोहण गरेका थिए भने बिस्वको सर्बोच्च सिखर सगरमाथा प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु ,जापानको फुजी ,तान्जानियाको मेरु ,यूरोपको सर्बोच्च सिखर  एल्ब्रुस तथा अमेरिकी हिमाल एकोनकागुवा सफलता पुर्बक आरोहण सम्पन्न गरिसकेका छन् भने काठमाडौँ खासा ,खासा काठमाडौँ ,जिरी काठमाडौँ गोर्खा ,प्युठान काठमाडौँ ,लुक्ला आइलैंड पिक ,दांग प्युठान  गरि  जस्ता दर्जनौ लामो दुरीका दौडहरुको अनुभव लिदै २४९५ कि मि लामो दौड दौडीसकेका छन् भने ,तेन्जिंग हिलारी म्याराथोंन , मनास्लु अल्ट्रा २१३ कि मि   , काठमाडौँ अन्तरास्ट्रिय म्याराथोंन ,रियल अन्तरास्ट्रिय म्याराथोंन ,कस्पोक मेरथोंन ,इन्वेसमेन्ट बैंक म्याराथोंन लगाएत अन्य पर्तिस्पर्धामा भाग लिसकेका छन् |पण्डितको उल्टो पैदल दौडको संयोजन र निरिक्षण चर्चित एथलेटिक्स कोच, पूर्व नेपाल ओलम्पिक कमिटिका महासचिब तथा पूर्व नेपाल एथलेटिक्स संघका अध्यक्ष ओलम्पियन रघु वन्तले गर्नेछन भने आयोजना संजय पण्डित फाउन्डेसन नेपालले गर्ने छ | उनले २२ नोवेम्बेरमा दसरथ रंगशाला बाट उल्टो पैदल दौड सुरुवात गर्ने छन् | पण्डित यो बर्षको अन्त्य सम्म एनटारटीका महादेशको  सर्बोच्च शिखर आरोहणको तयारीमा रहेका छन् | यस्ता प्रकारका दौडले साहषिक पर्यटन क्षत्रलाइ पनि थप टेवा पुग्ने उनले बताए  | अर्को बर्ष देखि उल्टो पैदल दौड पर्तिस्पर्धात्मक रुपमा अगाडी लैजाने कुराको पनि जानकारी पण्डितले दिए |

Comments are closed.