जसले जे जे भने पनि धेरै असहमति राखे
पनि नहुनुमामा भन्दा कानो मामा राम्रो
भनि अवमूल्यन गरे पनि सर्वसाधारणले
बहुप्रतिक्षा गरेको नेपालको गणतान्त्रिक
लोकतन्त्रात्मक संविधान २०७२ को मस्यौदा
विधिवत रुपमा संविधान सभा भित्र प्रवेश
भएको शुभ अवसर आएको छ ।
उधारो संघीयता र संघीय सिमाड्ढन भनिए
पनि चित्त नबुझ्नेहरुले संविधान सभा भित्र
मस्यौदाको प्रतिलिपी च्याते पनि मुलुक अव
एउटा युद्धवार विकास तर्फ अस्थिरताबाट
स्थिरता तर्फ, एकात्मक शासन व्यवस्थाबाट
संघात्मक तर्फ र सबै भन्दा ठूलो कुरा
संधैको तदर्थवादबाट एउटा गन्तव्य तर्फ
प्रवेश गर्ने साइत जुरेको छ । महाभूकम्पको
विपद पछि नेपाली राजनीतिक दलहरुमा
पल्हाएको राष्ट्रवाद सहिष्णुता र एक भएर
राष्ट्र निर्माण गर्ने चेतनाको प्रतिफल नेपाली
जनताले लोकतान्त्रिक गणतन्त्र नेपालको
संविधानको एउटा आकार प्राप्त भयो ।
त्यसलाई सर्वसाधारणले मरि मार्नित गरुन,
विज्ञहरुले भावी संकट देखिने प्रावधानहरुमा
होशियार गराउन संविधान विद्हरुले
संवैधानिक मर्मलाई त्यसमा समावेस
गराउन ।
पेशा व्यवसायीहरुले भोली आइपर्ने समस्या
र समाधान बारे आफ्नो अभिमत जाहेर
गरुन् । राजनीतिक व्यक्तिहरुले संघियता
उधारो होइन भन्ने कुरा बुझाउन् । त्यसै
गरि सबैलाई साथमा लिने दायित्व जिम्मामा
लिउन् । यति भएमा समय भित्र एउटा राम्रो
हाम्रो र सबै नेपालीको संघिय राज्यको
संविधान जारी हुनेमा अब कुनै शंका गर्नु
पर्ने छैन ।
Comments are closed.