देश यतिखेर संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरेको छ । असार मसान्तसम्म नयाँ संविधान जारी गर्ने उद्देश्यसहित प्रमुख राजनीतिक दलबीच भएको एघार बुँदे सहमतिले संविधान निर्माणको माहौल तातेको छ । एघार बुँदे सहमतिमा ‘बहुलवाद’ शब्द राख्न कांग्रेस सभापति सुशील कोइरालाले गरेको गलफत्ति त्यहाँ सफल नभएपछि अहिले कांग्रेस नेताहरु संविधानसभाभित्रैवाट संविधानमा यो शब्द राख्ने अडान लिइरहेका छन् । उनीहरु सके संविधानको प्रस्तावनामै र नसके एमाओवादीले फरक मत राखेको शाषकीय स्वरुपमै भए पनि ‘बहुलवाद’ शब्द घुसाउन कसरतमा छन् ।
नयाँ संविधानले बहुदलीय प्रतिस्पर्धाससहितको संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था अंगिकार गर्ने स्पष्ट हुँदा हुँदै कांग्रेसले अहिले एक्कासी ‘बहुलवाद’ नामक दार्शनिक शब्द घुसाउन जोड गर्नुका पछाडि केही न केही उद्देश्य त अवश्यै हुनु पर्दछ । यो शब्द नराख्ने भनेर वालुवाटारमा टुंगिसकेको कुरा लिएर विवाद खडा गर्नुका पछाडि सबभन्दा पहिलो त असार मसान्तमा संविधान जारी गरेपछि प्रधानमन्त्री छाड्नुपर्ने शर्तका कारण कांग्रेस कुनै न कुनै निहुँ खोजेर समय घर्काउन चाहन्छ भन्ने देखिन्छ । पार्टीको आउँदो महाधिवेशनसम्म सुशीललाई लान सकियो भने सत्ताको प्रयोगमार्फत् शेरवहादुर देउवा पक्षलाई तह लगाउन सकिन्छ भन्ने संस्थापन पक्षको बुझाई छ । संविधान निर्माणका लागि एमाओवादी अध्यक्ष प्रचण्डले देखाएको जिम्मेवारीवोध र पहलकदमीका कारण आफूहरु छायाँमा परिन्छ कि भन्ने त्रास पनि कांग्रेसमा छँदैछ ।
अहिलेको अवस्थामा कांग्रेसले आफूले वोक्ने दर्शनलाई संविधानमै राख्नु पर्छ भन्दा अन्य पक्षले अंगिकार गर्ने दर्शनका शब्दहरु पनि यसरी नै संविधानमा राख्न संभव हुन्छ त ? यसवारे सबैले सोच्नु जरुरी छ ।
यसबाहेक ‘बहुलवाद’ शब्द राखेर अरुलाई झुकाइयो वा आफूले जितियो भन्ने आत्मरति लिन सकिन्छ भन्ने सोंच पनि कतिपय कांग्रेस नेताहरुमा देखिन्छ । जुनसुकै उद्देश्य वा स्वार्थका कारण कांग्रेस नेताहरुले ‘बहुलवाद’को किचलो सुरु गरे पनि मुख्य कुरा यो शब्द आफैले निश्चित दार्शनिक सिद्धान्त र पद्दतिको अर्थ बोकेको छ । ०६२÷०६३ सालको जनआन्दोलनका सहयात्री दलहरु खासगरी नेपाली कांग्रेससहितका संसदवादी राजनीतिक दल र जनयुद्धरत माओवादीसमेत संविधान निर्माणका लागि अधिकतम लचकतासहित अन्तर्वस्तुमा सहमति जुटाइरहेको अहिलेको अवस्थामा कांग्रेसले आफूले वोक्ने दर्शनलाई संविधानमै राख्नु पर्छ भन्दा अन्य पक्षले अंगिकार गर्ने दर्शनका शब्दहरु पनि यसरी नै संविधानमा राख्न संभव हुन्छ त ? यसवारे सबैले सोच्नु जरुरी छ । कुनै पनि शब्दका पछाडि वाद जोडिन्छ भने त्यसको सम्वन्ध दर्शनसित हुन्छ । संसदवादी वा माओवादी कसैको जित वा हारवाट भन्दा पनि १२ बुँदे सहमतिका आधारमा स्थापित संविधानसभावाट निर्माण हुने संविधानमा साम्यवाद, जनवाद वा पुँजीवाद जस्ता राज्य प्रणालीसँग सम्वन्धित शब्दहरु मात्रै होइनन् बहुलवाद, भौतिकवाद, द्वन्द्ववाद, आध्यात्मिकवाद लगायतका दर्शन जनाउने कुनै शब्द राख्दा यसले अर्को पक्षलाई टाढा पुर्याउने काम मात्र गर्दछ र १२ बुँदे सहमतिमा स्पष्ट उल्लेख गरिएको नयाँ राजनीतिक मूल धार निर्माण गर्ने कार्यमा पूर्णविराम लाग्न सक्छ ।
बहुलवाद, द्वन्द्ववाद र एकमनावाद बीचको संघर्ष
अहिले संविधानसभाभित्र मुख्यतः ३ थरी दर्शन बोकेका शक्तिको वर्चस्व छ । नेपाली कांग्रेससहितका केही वुर्जुवा पार्टीले ‘बहुलवाद’ को दर्शन र सिद्धान्त अंगालेका छन् । उनीहरु व्यवहारमा त्यति धेरै लोकतान्त्रिक छैनन् तर मुखले आफूलाई सबैभन्दा ठूला प्रजातन्त्रवादी भन्न रुचाउछन् । बहुलवादले हरेक चिजलाई टुक्रा टुक्रामा विभाजित देख्ने एवम् अराजकता, विखण्डन, वाद विवाद, आत्मसमर्पण र विलयको मात्रै वकालत गर्दछ । गुणात्मक परिवर्तन संभव देख्दैन । बहुलवादको ठीक विपरित भौतिकवादी द्वन्द्ववाद एमाओवादीले अंगिकार गरेको दर्शन हो । यो दर्शनले हरेक वस्तु र प्रक्रियामा एकता र संघर्ष सँगसँगै रहने कुरा स्विकार गर्छ र संघर्षपछि एकअर्कामा विलय वा आत्मसमर्पण होइन, रुपान्तरण र गुणात्मक परिवर्तनमा जोड दिन्छ । यसैगरी राप्रपासहितका केही शक्तिले अहिले पनि एकमनावादको वकालत गरिरहेका छन् । एकतात्मक केन्द्रीकृत राज्य, संघीयताको विरोध, सामन्तवादको नाइके राजतन्त्रको पुर्नस्थापना, हिन्दू राज्य घोषणा जस्ता एजेण्डा मार्फत् राप्रपा एकमनावादको पक्षपोषण गरिरहेको छ । विरोधीको अस्तित्व, अन्तर विरोधको अस्तित्व र विपरितको अस्तित्व केही नस्विकार्ने एकमनावादका विरुद्ध १२ बुँदे समझदारी मार्फत् सहमतिको यात्रा सुरु गरेका कांग्रेस र एमाओवादी अहिले एकै ठाउँमा छन् । यी दुई शक्तिले तत्कालै एक अर्कालाई निषेध गरेर वा हराएर अघि जान सक्ने अवस्थामा छैनन् । तसर्थ अहिले आउने संविधान भनेको बहुलवादी र माक्र्सवादी शक्तिबीच सम्झौताको दस्तावेज नै हो । यस्तो सम्झौताको दस्तावेजमा एउटा पक्षको दर्शन राख्नु पर्छ भन्नुको अर्थ सोझै सम्झौतालाई अस्वीकार गर्नु हो र अर्को पक्षलाई आत्मसमर्पण गर् भन्नु हो । जुन काम कांग्रेस नेताहरुले जानी बुझिकनै गरिरहेका छन् । यसवाट कांग्रेस तत्काल पछि हटेन भने नयाँ खालको द्वन्द्व र जटिलता सिर्जना हुनेमा कुनै शंका रहन्न । आफूलाई कम्युनिष्ट वताउने एमालेले पनि यसवारेमा स्पष्ट पार्नेभन्दा ढुलमूले चरित्र देखाउने र कांग्रेसकै पुच्छर समाउने प्रवृत्ति देखाइरहेको छ । यसमा एमालेले आफ्नो भुमिका प्रष्ट पार्नु पर्दछ ।
बहुलवादले वाद विवाद मात्रै सबै चिज हो अर्थात बोल्ने स्वतनत्रता मात्रै सबै चिज हो भन्ने मान्यता राख्छ र वादविवादको संष्लेषणमा जोड दिँदैन तर यसको विपरित माक्र्सवादले हरेक विवादलाई निष्कर्षमा पुर्याउनु पर्ने अर्थात् यसको सष्लेषणमा जोड दिन्छ । हरेक व्यक्तिको बोल्ने स्वतन्तताका साथै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता पनि माक्र्सवादका आधारभूत विषय हुन् । यसले स्वतनत्रता, समानता र न्यायको वकालत गर्दछ ।
बहुलवाद र भौतिकवादी द्वन्द्ववाद यी दुबै फरक फरक दर्शन हुन् । बहुलवाद पुँजीवादी दर्शन हो भने भौतिकवादी द्वन्द्ववाद सर्वहारावर्गको दर्शन हो । बहुलवादले समाजमा धनी र गरिव वर्गबीच हुने वर्ग संघर्षलाई अस्विकार गर्दछ र धनी वर्गको स्वार्थमा राज्यसत्ताको निर्माण हुने मान्यता राख्छ । तर भौतिकवादी द्वन्द्ववादले वर्ग संघर्षका माध्यमवाट सत्तामा रहेको पुँजीपति वर्गलाई सत्तावाट हटाई सर्वहारा वर्गको अधिनायकत्व लागू गर्न संभव छ भन्ने मान्यता राख्दछ । जिवन र जगतलाई बुझ्ने सवालमा पनि दुवै दर्शनले फरक फरक मान्यता राख्दछन् । बहुलवादले विश्व कुनै पूर्ण र सुसंगत होइन, यो बहुल छ, आंगिक एकता छैन र बहुरुपमा प्रकट हुन्छ भन्ने मान्यता राख्दै हुनेखानेहरुको मात्रै सहभागिता रहने पुँजीवादी प्रतिष्पर्धा, गरिव वर्गको जिवनस्तरमा कुनै परिवर्तन नल्याउने अमूर्त प्रजातन्त्र, उपयोगितावाद, संसदवाद, चरम अराजकता, निरपेक्ष स्वतन्त्रताको वकालत गर्दछ । यसले विपरितको अस्तित्व स्विकार्ने र वादविवादमा जोड दिने काम त गर्छ तर शोषण गर्न पाइरहनु पर्ने र वादविवाद वा संघर्षपछि रुपान्तरण वा गुणात्मक परिवर्तनलाई निषेध गर्दै आत्मसमर्पणमा मात्र जोड दिन्छ । बहुलवादले वाद विवाद मात्रै सबै चिज हो अर्थात बोल्ने स्वतनत्रता मात्रै सबै चिज हो भन्ने मान्यता राख्छ र वादविवादको संष्लेषणमा जोड दिँदैन तर यसको विपरित माक्र्सवादले हरेक विवादलाई निष्कर्षमा पु¥याउनु पर्ने अर्थात् यसको सष्लेषणमा जोड दिन्छ । हरेक व्यक्तिको बोल्ने स्वतन्तताका साथै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता पनि माक्र्सवादका आधारभूत विषय हुन् । यसले स्वतनत्रता, समानता र न्यायको वकालत गर्दछ ।
हरेक घटना, बस्तु, पात्र, इकाई आफैमा अलग अलग र स्वतन्त्र हुन् र ती कहिल्यै एक हुन सक्दैनन्, तीनमा वाद विवाद हुन्छ संघर्ष हुन्छ तर रुपान्तरण भएर नयाँ ठाउँमा पुग्न सक्दैनन् र पुरानै अस्तित्व अन्तर्गत सम्झौतामा जान्छन भन्ने बहुलवादको मकसद हो ।
बस्तुको विकास प्रक्रियालाई सही ढंगले अभिव्यक्त गर्ने विश्व दृष्टिकोणका रुपमा भौतिकवादी द्वन्द्ववाद स्थापित हुन पुगेको छ । यसले विपरितहरुबीच संघर्ष मात्रै होइन एकतालाई पनि स्विकार गर्दछ र संघर्षपछि पुरानो पुरानैमा नरहेर नयाँमा वदलिन्छ भन्ने मान्यता राख्छ । हरेक बस्तुको विकासमा स्वयं आन्तरिक (बस्तु) प्रमुख र चेतना (बाह्य) सहायक भुमिकामा रहने मान्यता पनि द्वन्द्ववादले राख्दछ । तर, हरेक घटना, बस्तु, पात्र, इकाई आफैमा अलग अलग र स्वतन्त्र हुन् र ती कहिल्यै एक हुन सक्दैनन्, तीनमा वाद विवाद हुन्छ संघर्ष हुन्छ तर रुपान्तरण भएर नयाँ ठाउँमा पुग्न सक्दैनन् र पुरानै अस्तित्व अन्तर्गत सम्झौतामा जान्छन भन्ने बहुलवादको मकसद हो । भौतिकवादी द्वन्द्ववादले भने यो धर्तीमा जे जति चिज छन् ती हरेक आफैमा संघर्ष छ र ती अरुमा विलय हुने होइन मात्रात्मक परिवर्तन हुँदै रुपान्तरित हुने र गुणात्मक रुपमै वदलिने कुरामा जोड दिन्छ । जस्तो अण्डामा ताप दियो भने चल्ला बन्नु, पानी वाफमा वदलिनु आदि आदि । उत्पादनका स्रोत र साधन कब्जा गरेको पुँजीपति वर्गको सत्ता जोगाउने र सर्वहारा गरिव वर्गमाथि शोषण दमन कायम गरिरहने दर्शन बहुलवाद हो भने द्वन्द्ववादले उत्पादक शक्ति र उत्पादन सम्वन्धबीचको अन्तरविरोध पनि संघर्षको स्तर र प्रकृति अनुसार निर्धारित हुँदै जाने मान्यता राख्दछ ।
Comments are closed.