संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चल्न थाले ः प्रचण्ड

२० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चल्न थालेको आरोप लगाएका छन् ।
स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा प्रचण्डले संसद पुनर्स्थास्पना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको पनि उनले बताए ।

उनले भने, ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने। ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं ।’ अनलाइन खबर बाट साभार

Comments are closed.