
नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चले संविधानको रक्षा गरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मत विपरित प्रतिनिधि सभा विघटन गरेकोमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने फैसला सुनाएसँगै थापाले मंगलबार यस्तो टिप्पणी गरेका हुन्।
पूर्वमन्त्रीसमेत रहेका थापाले संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको सामाजिक सञ्जालमा लेखेका छन्। ‘अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ,’ थापाले भनेका छन्। गगन थापाले हामी सवैलाई बधाई भन्दै सर्वोच्चको ऐतिहासिक कदमलाई स्वागत गरेका छन्।
(nagariknews)
Comments are closed.