पोखरा २६ फागुन ।पोखरा रंगशालामा चौथो बृहत खेलकुद महोत्सव अन्तर्गत केन्पोकाई कराँते प्रतियोगितामा भएको छ । प्रतियोगितामा यु १० मा पुरुषतर्फ रदिन सुनार प्रथम, पासाङ लामा दोस्रो र सरोज भण्डारी तेस्रो भएका छन् । यसैगरी १२ वर्ष मुनिको समूहमा प्रविन लगुन प्रथम, भजिल वंशी दोस्रो र अनिल सुवेदी तेस्रो भएका छन् ।
यु १४ वर्षको प्रतिस्पर्धामा सौगात शर्माले स्वर्ण, मिलन विकले रजत पदक जित्दा राजकुमार नेपालीले कास्य पदक जिते । यु १६ को प्रतिस्पर्धामा दिक्स तामाङले स्वर्ण, सुनिल विकले रजत र रविना नेपालीले कास्य पदक जिते । खुल्ला तर्फको प्रतिस्पर्धामा जोनिस गुरुङ दलमन रोक्का र बासदेव आचार्यले क्रमश स्वर्ण, रजत र कास्य पदक जित्न सफल भए ।
महिला तर्फको प्रतिस्पर्धामा यु १६ को प्रतिस्पर्धामा मनिता तिलिजा सरिता कुँवर कृषा सुन्दास र शान्ति विकले स्वर्ण रजत र कास्य पदक जिते । यसैगरी खुल्ला तर्फको प्रतिस्पर्धामा भने सृजना श्रेष्ठले स्वर्ण जितिन् । अल्पिना गुरुङले रजत र मेलिना सिरिसले कास्य पदक जितिन् ।
Comments are closed.