सञ्चयले गर्‍याे ३० करोड लगानी

पोखरा, १३ साउन/पोखराको सञ्चय बहुउद्देश्यीय सहकारी संस्था पोखराले आर्थिक वर्ष २०७१÷७२ मा २९ करोड ९० लाख ४४ हजार रूपैयाँ ऋण लगानी गरेको छ । सहकारीले यो अवधिमा २७ करोड २९ लाख ८ हजार रूपैयाँ निक्षेप संकलन गरेको प्रबन्ध सञ्चालक जगन श्रेष्ठले जानकारी दिए ।
६ करोड २५ लाख ३९ हजार रूपैयाँ शेयर पुँजी रहेको सहकारीको जगेडा कोषमा १ करोड २० लाख रूपैयाँ जम्मा भएको श्रेष्ठले बताए । सहकारीले आर्थिक वर्ष २०७१÷७२ मा १ करोड १४ लाख रूपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । सहकारीमा करिब १ हजार २ सय शेयर सदस्य छन् ।
यसैबीच, संस्थाले गत जेठबाट पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । पोखरा–८ नागढुङ्गामा सञ्चालनमा आएको पसलमा शेयर सदस्यलाई अतिरिक्त २ प्रतिशत छुट उपलब्ध हुने श्रेष्ठले जानकारी दिए । शेयर सदस्यलाई थप २ प्रतिशत छुट उपलब्ध गराइएको छ । शेयर सदस्यलाई सहकारीको परिचयपत्र लिएर पसलमा सामान किन्नका लागि आउन पनि श्रेष्ठले आग्रह गरे ।

Comments are closed.