पोखरा, २ चैत /पोखराको सञ्चय बहुउद्देश्यीय सहकारी संस्था १६ औं बर्षमा प्रवेश गरेको छ । सहकारीको बार्षिकोत्सव कार्यक्रममा बोल्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रिनाथ अधिकारीले सहकारी सबैको साझा हुनुपर्ने बताए । उनले सहकारी सम्पूर्ण शेयर सदस्यका भावना अनुसार चल्नुपर्ने बताए ।
पोखराको पृथ्वीचोक नजिकै गण्डकी मेडिकल कलेज अगाडि संस्थाको कार्यालय प्रयोजनका लागि जग्गा खरिद गर्ने सर्वसम्मत निर्णय साधारणसभाले गरेको अध्यक्ष नारायण कार्कीले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको मुख्य पर्यटकीय गन्तव्य मानिने शान्ति स्तुप संरक्षणका लागि सहकारीले वार्षिकोत्सवका अवसरमा १० हजार रुपैयाँ सहयोग गरेको छ ।
कार्यक्रममा सहकारीमा आबद्ध शेयर सदस्यका छोराछोरी मध्येबाट उच्च माविमा उत्कृष्ट अंक ल्याउने १÷१ जना छात्राछात्रलाई सञ्चय प्रतिभा पुरस्कार प्रदान गरियो ।
सहकारीमा १ हजार १ सय भन्दा बढी शेयर सदस्य छन् । ६ करोड २५ लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २६ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
Comments are closed.