सत्य र सहारा फाईनलमा

पोखरा ७ बैशाख ।पोखराको हेमजा युनाईटेडले नबबर्ष २०७२ को अवसरमा आयोजना गरेको दोस्रो शुभकामना कपमा सोमबार सहारा क्लब र सत्य युवा क्लवबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । आईतबार नयाँ गोरख गण र सहारा क्लब बीच भएको पहिलो समिफाईनल खेलमा नयाँ गोरख गण पराजित भएको छ । सहाराले नयाँ गोरखलाई ट्राईब्रेरमा ४–३ ले हराउदै उपाधिका लागि भिड्ने पक्का गरेको हो । निर्धारित समयमा दुबै टिमतर्फबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । खेलमा म्यान अफ द म्याच सहाराका जर्सी न.ं ४ का खेलाडी सेल्भीन थापा भए ।

यस्तै, आईतबार दिउँसो भएको दोश्रो सेमिफाईनल खेलमा सत्य युवा क्लबले अन्तिम भिडन्तका लागि सहारासंगको भेट पक्का गरेको छ । सत्यले बिष्णुपादुका क्लब बी लाई २–१ ले पराजित गरेको छ । सत्यको तर्फबाट अरुण के.सी. र प्रज्वल गुरुङले गोल गर्दै टिमलाई फाईनलको यात्रा पक्का बनाएका हुन् । यस्तै बिष्णुपादुकाको तर्फबाट सुबिन श्रेष्ठले सान्त्वना गोल गरेका थिए । खेलमा सत्यका जर्सी नं. ६ का खेलाडी अरुण के.सी. म्यान अफ द म्याच हुन सफल भए ।

प्रतियोगितामा सोमबार उपाधिका लागि अन्तिम भिडन्त हुने हेमजा युनाईटेडका अध्यक्ष बिजय के.सी. ले जानकारी दिए । युवा एकता र विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित नकआउट फुटबल प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् ।प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख एक हजार एक सय ११ ट्रफी, मेडल, प्रमाण पत्र र दोस्रो हुनेले नगद ५५ हजार पाँच सय ५५ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कार व्यवस्था समेत गरिएको छ ।

Comments are closed.