सनराइज बैंकको सहयोग सूर्योदयलाई

पोखरा, वैशाख २

सूर्योदयक्लवको वाचनालयसँगै बनेको शौचालयको लागि सनराइज बैंकले रु १लाख सहयोग प्रदान गरेको छ। वाचनालयनिर्माणसमितिका संयोजक मेजर चन्द्रबहादुर पुनले रकमहस्तान्तरणकार्यक्रममाबोल्दै सबै जनाको साझाप्रयासले नदीपुर क्षेत्रमा धेरै विकास निर्माणहुन सकेको धारणा राख्नुभयो ।सामाजिककामले मीठो निद्रालाग्ने उल्लेख गर्दैउहाँले यो पुस्ताको शेषपछि पनिनयाँ पुस्ताले धेरै सिक्ने र अनुसरण गर्ने मौका पाउने बताउनु भयो ।

कार्यक्रममाबोल्दै पोखरा महानगरपालिकावडा नम्बर ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजूले स्थानीय सहभागिताले विकास निर्माणका कामहरू पारदर्शी हुनुका साथै चाँडो सम्पन्नहुने बताउनु भयो । ‘हामी सबैको अपनत्वपनि हुन्छ र जगेर्ना पनि’प्रजूले भन्नु भयो, ‘धेरैभन्दा धेरै स्थानीय संस्थाहरूको सहकार्य हुँदायस्ता सामाजिककाममा सकारात्मकप्रतिस्पर्धा पनि हुन्छ र त्यसले समाजमा राम्रो प्रभाव पार्छ ।’

चेकहस्तान्तरण कार्यक्रममासनराइज बैंक लिमिटेडका गण्डकी प्रदेश संयोजक सुजन पौडलले बैंकको तर्फबाट सहयोग गरेर सामाजिकउत्तरदायित्वनिर्वाह गर्न पाएकोमाखुशीव्यक्तगर्नु भयो । वाचनालयजस्ता संरचनाहरू सामाजिकपुँजीहुने र यसले नयाँ पुस्तालाई राम्रो बाटोमा डो¥याउन सघाउने बताउँदै उहाँले आगामीदिनमापनि बैंकले यस्ताकार्यमा सघाउने मन्तव्य राख्नु भयो ।

ज्ञानमार्ग बालमन्दिरसँगै जोडिएको यस प्रकृति उद्यानबाट अन्नपूर्ण हिमशृंखला, सेतीनदीलगायतकामनोरम दृश्य देखिनुका साथै वाचनालयमा रहेर पुस्तकतथापत्रपत्रिकाअध्ययनगर्न पनि पाइन्छ । नदीपुरका युवाहरुले २०३९ सालमा स्थापना गरेको यस सूर्योदयक्लवले स्थानीय क्षेत्रमा सचेतनाअभिवृद्धिकाअन्तक्र्रियात्मककार्यक्रम सञ्चालनगर्नुका साथै नदीपुरबासीहरुको सहकार्यमाप्रकृतिउद्यानको पुनर्निर्माण समेत गरेकोछ ।यसक्लवले स्थानीयबासीलाई भेटघाट, पठनपाठन, छलफल र अन्तरक्रियागर्ने साझामञ्चका रूपमावाचनालयनिर्माण गरेको र यसकालागि शुभचिन्तकहरूबाट रकम संकलन गरिएको क्लवका सचिव षडङ्गराज घिमिरेलेबताए ।

 

Comments are closed.