सप्तरीमा पनि भीषण आगलागी, ७८ घर जलेर नष्ट, एकको मृत्यु

सप्तरी–कञ्चनपुर नगरपालिका–६ पिपडापुर्वका ननकु सरदारको परालको कुन्यूबाट सरु भएको आगलागीबाट ३३ परिवारका ७८ घर जलेर नष्ट भएका छन्। आगलागीमा परी ६० वर्षीय चरित्र सरदारको मृत्यु भएको छ। आगो नियन्त्रणमा लिने क्रममा १९ परिवारका २८ घर भत्काइएको छ।आगलागीमा करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला सदरमुकामबाट ३७ किलोमिटर उत्तर–पुर्वमा रहेको कञ्चनरुप नगरपालिका–६ पिपडापुर्वमा लागेको आलगाली करिब आठ घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए।
राजविराज नगरपालिका, इटहरी र इनरुवा नगरपालिकाको बारुणयन्त्र, स्थायीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको उनले बताए। आगलागी पुर्ण नियन्त्रणमा आइसकोको छ। घटननाको थप विवरण आउन बाँकी छ।
रासस

Comments are closed.