पोखरा, २४ कात्तिक
कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभातर्फका उम्मेद्वार रबिन्द्र अधिकारीले सफा र स्वच्छ राजनीतिक वातावरण निर्माणका लागि युवाहरुले सचेततापूर्वक हस्तक्षेप गर्न आवश्यक रहेको बताएका छन् । राजनीतिक विकृतिका कारण अस्थिरता निम्तिदा देशकै अवस्था नाजुक बन्न लागेको भन्दै उनले युवाहरुले सचेततापूर्वक हस्तक्षेप गरेर राजनीतिलाई सहि मार्गमा ल्याएर सफा र स्वच्छ राजनीतिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
बुर्जुवाहरु तर्क सिद्धिएपछि गालीगलौजमा उत्रिनेगरेको टिप्पणी गर्दै उनले कांग्रेसले अहिले त्यहि शैली अप्नाएको आरोप लगाए । आफूलाई कांग्रेसका उम्मेद्वारहरुहरुले लगाएको आरोपको खण्डन गर्दै उनले तर्क गर्न नसकेर उनीहरुले मनगढन्ते आरोप लगाएको भन्दै मतदाताहरुलाई भ्रमित नहुन आग्रह गरे । उनले कोरा सपना लिएर जनतामा नआएको भन्दै उनले संविधान निर्माण र मुलुकको विकासको खाका कोरेर जनमत बटुल्न जनताको घरदैलामो आएको र जितेपछि त्यो सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कास्की २ को प्रदेश नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङले युवाहरुलाई रोजगार र स्वरोजगार बनाउने उद्धेश्य नै बाम गठबन्धनको मिसन भएको बताए । पर्यटनको पूर्वाधार थपेर पर्यटक भित्राउने, उद्योगहरु थपेर रोजगार सिर्जना गर्ने, कृषीमा आधुनिकीकरण गरेर युवाहरुलाई स्वरोजगार बनाउने आफ्नो मूख्य मिसन भएको उनको भनाई थियो ।
समानुपातिक उम्मेद्वार सोमनाथ अधिकारी ‘प्यासी’ले कांग्रेस आफूपनि नमिल्ने र अरु मिलेको पनि देख्न नसक्ने पार्टी भएको आरोप लगाए ।
Comments are closed.