काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले संविधानको कार्यान्वयन गर्न नदिएको बताएका छन् ।प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटा प्रति असन्तुष्टि व्यक्त ग¥दै सो कुरा राखेका हुन्
बालुवाटारमा आयोजित चियापान कार्यक्रममा उनले संसद्को पहिलो बैठकमा सभामुखले संवैधानिक पूरा गर्न नदिएको आरोप लगाए ।ओलीले संविधानअनुसार पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्ने भए पनि अध्यादेश प्रस्तुत गर्न नदिएर संविधानको कार्यान्वयन गर्न नपाएको बताए ।त्यस्तै कार्यसूची बदलेर बैठक स्थगित गरेर सरकारलाई बलजफ्ती रुपमा पूरा संवैधानिक दायित्व पनि गर्न नदिएको आरोप पनि लगाएका छन् । ओलीले सभामुखले सेटिङ गरेर संविधान कार्यान्वयन गर्न नदिएको आरोप पनि लगाए । “संविधान कार्यान्वयनप्रति सभामुखज्यूको जुन प्रतिबद्धता रहनुपर्थ्यो । संविधानको कार्यान्वयनप्रति उहाँको जुन कर्तव्य थियो । त्यसभन्दा पर भिन्न प्रकारका सहमति त्यसभन्दा पर आजकल एउटा शब्द छ नि सेटिङ भन्ने । सेटिङबाट संविधानको कार्यान्वयन हुन नदिनु,“ ओलीले भने ।
एसिङ आक्रमण र बलत्कारको घटनाका दोषीलाई तत्काल कडा कारबाही गर्ने अध्यादेश ल्याउन खोजे पनि ल्याउन नदिएर संसदलाई निष्प्रभावी बनाउन खोजेको उनको आरोप थियो ।
Comments are closed.