पोखरा ३० चैत । सभासद गायत्री शाहको रातो पासपोर्ट किनेर दुरुपयोग गर्दै अष्ट्रेलिया जान खोजेकी म्याग्दीकी लिलाकुमारी छन्त्याल लामो समयदेखि पोखरामै लुकेर बसेको खुलासा भएको छ । पोखराको दिपमा घर बनाएर, लुकेर बसेकी उनले पोखराकै रामबजार प्रहरी चौकीको सक्रियताका कारण काठमाण्डौ प्रहरीमा गएर आत्मसमर्पण गरेकी छन् । बिस २०६७ सालमा शाह सहित सभासदहरु बिश्वनाथ प्रकाश यादव, नारदमुनी रानी र शिबपुजन राय यादवले सभासदको हैसियतले पाएको रातो पासपोर्ट दलालहरुलाइ बेचेका थिए ।
लिलाकुमारीले शाहको पासपोर्टमा आफ्नो फोटो टाँसेर अष्ट्रेलिया जान लागेको अवस्थामा अबुधाबी प्रहरीले शंका लागेर केरकार गर्दा, गलत ठहरिएपछि फर्काइदिएको थियो । नेपाल फर्कदा, समेत उनी नेपालको एयरपोर्टबाट, सहजै उम्किएकी थिइन् । उक्त घटनाका कारण सह सचिब खडानन्द ढकाल सहित धेरै सरकारी कर्मचारीहरु निलम्बनमा परेका थिए । तत्कालिन समयमा नेपाल प्रहरीको अनुसन्धान ब्युरोमा काम कार्यरत रहँदा, सोही घटनाको अनुसन्धानमा खटिएका वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक केशब बस्नेतको सक्रियताका कारण लिलाले काठमाण्डौमा आत्मसर्पण गरेकी हुन् ।
‘लिलाको घर पोखराको द्धिपमा रहेको र त्यही बस्ने जानकारीका आधारमा अघिल्लो शुक्रबार प्रहरीले उनको घरमा छापा मा¥योे ।’ कास्कीका एक प्रहरी अधिकारीले भने–‘तत्कालिन समयमा लिला भागीसकेकी रहीछन्, अनि उनकी अमाजुलाइ नियन्त्रणमा लिएपछि, त्यसैको दबाबमा प्रहरीमा आत्मसमर्पण गरिन् ।’अमाजुले आफ्नी भाइ बुहारीलाइ गत बुधबार सम्म रामबजार चौकीमा ल्याउछु भनेपनि, उनले काठमाण्डौ गएर आत्मसर्मपण गर्नुलाइ प्रहरीले चासो दिएको छ । ‘उनका आफन्तहरुले काठमाण्डौमा गएर आत्मसमर्पण गरे, केही सहयोग गर्न सकिन्छ भनेर सल्लाह दिएका हुन सक्छन् ।’ एक प्रहरी अधिकारीले भने ।
म्याग्दीको मल्कावाङ गाबिस घर भएकी लिलाका श्रीमान् अष्ट्रेलिया भएका कारण उनी दलालहरुको सम्पर्कमा पुगेर रातो सभासदको रातो पासपोर्टमा आफ्नो फोटो राखेर उतै जाने सुरसारमा थिइन् । तर अबुधाबीमा प्रहरीले तपाइ साँसद हो भनेर अँग्रेजीमा सोध्दा उनी अकमकिएकी थिइन् । त्यसपछि प्रहरीले शंका लागेर सोधपुछ गर्दा, नक्कली सभासद भएको पत्ता लागेका कारण नेपाल फर्काएको थियो ।
कोट लगाएर तथा प्रहरीले सोधपुछ गरीहालेमा के भन्ने ? बिषयमा समेत तालिम गरेका उनीहरु अबुधाबी प्रहरी समक्ष चुकेपछि, घटनाको पर्दाफास भएको थियो । त्यसपछि २०६८ बैशाखमा रातोपासपोर्ट बेच्ने सभासदहरु पक्राउ परेका थिए ।
Comments are closed.