समयानुकूलको कानूनी व्यवस्था

नेपाल प्राचिन देश भए पनि यसको कानूनी ईतिहाँस लामो छैन। सदियौंदेखि नेपाल धार्मिक मूल्य र मान्यताहरुबाट चल्दै आएको देश हो । समाजको गति सँगै किराँतकालको ‘मुन्धुम’  मल्लकालिन राजा जयस्थिति मल्लको ‘मानव न्याय शास्त्र’ (१४३६) राम शाहका ‘थितिहरु’ पृथिवीनारायण शाहका ‘दिब्य उपदेशहरु’ जंगबहादुरको  ‘मुलुकी ऐन १९१०’ एवं राजा महेन्द्र शाहको ‘मुलुकी ऐन २०२०’ लगाएत कानूनले नेपाली समाज लाई जेनतेन डोर्याउँदै २०७५ साल साउन ३१ गते बिहिवार सम्म ल्याईपुर्यायो । यो बिचमा नेपालको राजनीतिमा धेरै उथलपुथल भयो। अँध्यारोमा उकुसमुकुस भएका नेपाली जनताले उज्यालोको खोजी गरे र उज्यालो प्राप्ति पनि गरे।                  ‘एउटा घुमाउरो र लामो यात्राको दौरान धेरै चोटी ‘मोडर्न लिगल सिस्टम’का कुरा नउठेका होईनन् तर नेपालको कानूनी क्षेत्रले एउटा लामो फड्को मार्न २०७४ साल असोज ३० गते सोमबार सम्म पर्खिनु पर्यो । मुलुकी अपराध (संहिता) ऐन २०७४,  मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४,  फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४, मुकुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यबिधि (संहिता) ऐन २०७४,  सम्वत २०७५ साल भदौ १ गाते बाट प्रारम्भ भए पनि यी संहिता तथा ऐनहरु  २०७४ साल असोज ३० गते प्रमाणिकरण भएका थिए। यी संहिता एवं ऐनहरुको प्रारम्भ भएको दिन भदौ १, २०७५ लाई नेपालको कानूनी ईतिहाँसको एउटा ‘स्मरणीय दिन’को रुपमा युगौं युग सम्म सम्झिरहिने छ।

कुनै पनि देश वा समाजमा फौजदारी कानून (Criminal Law) ले बिशेष अर्थ राख्छ। कुनै पनि समाज या देशको नैतिक र सामाजिक मापदण्ड तथा आर्थिक हितको एउटा बलियो आधार हो फौजदारी कानून । त्यसैले फौजदारी कानून हरेक देश र समाजको लागि  अत्यन्तै संबेदनशील र महत्वपूर्ण हुन्छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को प्रस्तावनामा स्पस्ट लेखिएको छ कि “मुलुकमा कानून तथा व्यवस्था कायम गरि सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायबिचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसुर निवारण तथा नियन्त्रण गर्न र तत् सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरि समयानुकूल फौजदारी कसुर सम्बन्धी संहिताको व्यवस्था गर्न वाञ्नीय भएकाले”….।

 मुलुकी अपराध (संहिता) ऐन २०७४ को ‘भाग ३’, ‘वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसुर’ सँग सम्बन्धित दफा २९३ देखि दफा ३०८ सम्मका १६ वटा दफा र यस सँग सम्बन्धित उप दफाहरू अहिले सबै भन्दा बढि चर्चित भएका छन् । यसै लाई आधार मानेर अहिले अधिकाँस व्यक्तिहरु (बिशेष गरि कानूनको कुनै गहिरो अध्ययन नै नगरेका) ले “मुलुकी अपराध (संहिता) ऐन २०७४ ले नेपाली समाज लाई ‘बन्द समाज’ उन्मुख गरायो भनेर ‘हल्ला’ फैलाईएका छन् भने ‘कानूनको उच्च  र फराकिलो अध्ययन गरेकाले वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसुर र कसुरदार लाई दिईने दण्डलाई ‘समयानुकूलको कानूनी व्यवस्था’ भनेर स्वागत गरेका छन्। ‘समयानुकूलको कानूनी व्यवस्था’ यसप्रकार छ:-

‘वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसुर’

परिच्छेद –२

गोपनीयता विरुद्धका कसूर

दफा २९३. अर्काको कुरा सुन्न वा ध्वनी अङ्कन गर्न नहुनेः (१) कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बिचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको मञ्जुरी विना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनी अङ्कन गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । तर सार्वजनिक रुपमा गरिएको भाषण वा वक्तव्यको हकमा यो दफा लागू हुने छैन ।

दफा २९४. गोप्य कुरा प्रकट गर्न नहुने ः (१) कसैले आप्mनो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानूनले वाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि प्रकट गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा २९५. अनुमति विना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरुप बिगार्न नहुनेः (१) कसैले कुनै व्यक्तिको अनुमति विना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन हुँदैन । तर कसैले कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्वीर खिचिन गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । (३) कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन । (४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा २९६. अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुनेः (१) कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमति विना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउन वा सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन । (२) उपदफा (१) बमोजिको कसूर गर्ने वा गराउनेव्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा २९७. चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुने ः (१) अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिको अनुमति विना कसैको चिठ्ठी खोल्न वा अरुले टेलिफोनमा गरेको कुरा कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर बिचमा सुन्न वा ध्वनी अङ्कन गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा २९८. विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुनेः (१) कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रुपमा प्राप्त गर्न त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रुपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा २९९. छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने ः (१) कसैले आप्mनो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा ३००. हैरान पार्ने बद्नियतले चिठ्ठी पत्र लेख्न नहुने ः (१) कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान वा बेइज्जत गर्ने बदनियतले कुनै चिठ्ठी पत्र, पर्चा वा अन्य कुनै किसिमको लिखत लेखी, लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिने, सताउने, जिस्क्याउने वा अन्य कुनै किसिमले अनुचित व्यवहार गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा ३०१. अरुको शरीर खानतलासी गर्न नहुने ः (१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेश वा सुरक्षाको प्रयोजनका लागि खटिएको व्यक्तिले अधिकार प्राप्त अधिकारीको अनुमतिले बाहेक कसैले सम्बन्धित व्यक्तिको स्वीकृति विना अरुको शरीर, सवारी साधन वा निजी प्रयोगका वस्तुहरुको खानतलासी गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउनेव्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा ३०२. अरुको आवासमा अनाधिकृत प्रवेश गर्न नहुने ः (१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेशले बाहेक कसैले अरुको घरमा सम्बन्धित घर धनीको स्वीकृति विना अनधिकृत रुपमा प्रवेश गर्न, घर धनी वा निजको परिवारको गोप्यता भङ्ग गर्न वा त्यस्तो घरको खानतलासी गर्न वा गराउन हुँदैन । स्पष्टीकरण ः यस दफाको प्रयोजनका लागि “घर” भन्नाले कुनै व्यक्तिले बसोबास गरेको घर, निवास, आवास, कोठा सम्झनु पर्छ र सो शब्दले त्यस्तो व्यक्तिले रात विताउने गरी बसेको होटेल कोठा, शिविर र पाल समेतलाई जनाउँछ । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा ३०३. क्षतिपूर्ति भराई दिनु पर्ने ः यस परिच्छेद बमोजिमको कसूर गरी कसैले कुनै लाभ प्राप्त गरेको वा कसैलाई कुनै किसिमको हानि, नोक्सानी, हैरानी वा क्षति पु¥याएको रहेछ भने कसूरबाट त्यस्तो लाभ, हानि, नोक्सानी, हैरानी वा क्षतिको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।

दफा ३०४. हदम्याद ः यस परिच्छेद अन्तर्गतको कसूरमा कसूर भए गरेको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

परिच्छेद –२

गाली बेइज्जती सम्बन्धी कसूर

३०५. गाली गर्न नहुने ः (१) कसैले कसैलाई गाली गर्न हुँदैन । (२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ । (३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउनेव्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा ३०६. बेइज्जती गर्न नहुने ः (१) कसैले कसैको बेइज्जती गर्न हुँदैन । (२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहाय बमोजिमको काम गरेमा निजले बेइज्जती गरेको मानिनेछ ः– (क) अरुको इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तो व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार, प्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रुपमा प्रयोग गरिएको कुनै चिज जानीजानी बिक्री वा बितरण गरेमा, (ख) मृतकलाई कुनै आक्षेप लगाइएकोमा त्यस्तो आक्षेप लगाउँदाका बखत निज जीवित रहेको भए निजको इज्जतमा धक्का पुग्ने रहेछ भन्ने जानीजानी निजको परिवार वा नजिकको अन्य नातेदारहरुको भावनामा चोट पु¥याउने नियतले कुनै आक्षेप लगाएकोमा, (ग) व्यङ्ग्य गरी वा अरु कुनै घुमाउरो तवरले कुनै आक्षेप लगाएमा । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कामलाई बेइज्जती मानिने छैन ः–(क) सर्वसाधारणको हितको लागि प्रमाण र आधार सहित कुनै व्यक्तिसँग सम्बन्धित साँचो कुरा प्रकाशन वा प्रशारण गर्नु, (ख) कुनै राष्ट्रसेवकले आप्mनो ओहदाको कर्तव्य पालना गर्दा निजको आचरणलाई लिएर वा त्यस्तो आचरणबाट बुझिनेसम्मको मात्र निजको चरित्रलाई लिएर असल नियतले मर्यादित ढङ्गबाट कुनै कुरा प्रकाशन गर्नु, (ग) कुनै व्यक्तिको सार्वजनिक पद वा ओहोदाको महत्वसँग सम्बन्ध राख्ने आचरण र त्यस्तो आचरणबाट बुझिनेसम्मको निजको चरित्रलाई लिएर असल नियतले कुनै विचार प्रकट गर्नु,(घ) कुनै कुरा गर्ने व्यक्तिले सर्वसाधारणको रायको लागि कुनै कुरा पेश गरेकोमा त्यस्तो कुराको गुण वा दोषलाई लिएर वा सो हदसम्म मात्र त्यस्तो कुरा गर्ने व्यक्तिको चरित्रलाई लिएर असल नियतले मर्यादित ढङ्गबाट कुनै विचार प्रकट गर्नु, (ङ) कुनै व्यक्तिको अर्को कुनै व्यक्ति उपर कानूनद्वारा वा निजसँग भएको करारद्वारा कुनै अधिकार भएकोमा निजले सो अधिकार सम्बन्धी काम कुरामा त्यस्तो व्यक्तिको आचरणमा असल नियतले कुनै खोट लगाउनु, (च) कानून बमोजिम कुनै कसूरको अनुसन्धान गर्नु वा त्यस्तोआधारमा निजलाई कानून बमोजिम अभियोग लगाउनु, (छ) कसैलाई निजको हितको लागि, निजको स्वार्थ भएको व्यक्तिको हितको लागि वा सर्वसाधारणको हितको लागि अरु कुनै व्यक्तिको विरुद्ध सतर्क पार्नु ।

दफा ३०७. बेइज्जती गरेमा हुने सजाय ः (१) कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ । (२) कसैले कसैलाई बेइज्जती गरे वा गराएको ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरेको भएमा त्यस्तो कुरा समेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्च समेत भराउनु पर्नेछ । (३) मरिसकेको कुनै व्यक्तिलाई यस परिच्छेद बमोजिम बेइज्जती गरेको ठहरिएमा कसूरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको नजिकको हकवालालाई त्यस्तो क्षतिपूर्ति र मुद्दामा लागेको खर्चको रकम भराई दिनु पर्नेछ ।

दफा ३०८. हदम्याद ः यस परिच्छेद अन्तर्गतको कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

उल्लेखित ‘समयानुकूलको कानूनी व्यवस्था’लाई हेर्दा नराम्रो भन्नु पर्ने कुनै न्यायोचित आधार र प्रमाण देखिंदैन.                                                 B. B. Bista wewantpeace2070@gmail.com

Comments are closed.