पोखरा हटलाईन
लेखनाथ, ३० भाद्र
लियो क्लव अफ लेखनाथले बालबालिका दिवसको अवसरमा आयोजना गरेको कोरोना विपदमा बालबालिका नामक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।लियो क्लव अफ लेखनाथका अध्यक्ष लियो आदर्श लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङ उपस्थित हुनुभएको थियो। कार्यक्रममा बोल्दै माननीय मन्त्री गुरुङले कोरोनाबाट समस्यामा परेका महिला, बालबालिका तथा जेष्ठ नागरिकको समस्या न्यूनीकरण गर्न हामी सबै एकजुट भएर लागि परेमा नेपालको भविस्य उज्ज्वल रहेको जनकारी गराउनु भएको थियो। जुम मार्फत सम्पन्न उक्त कार्यक्रममा विशिस्ट अतिथिको रुपमा लायन जिल्ला ३२५ बि १ नेपालका अध्यक्ष एम.जे .याफ . लायन मान बहादुर रोक्का उपस्थित हुनुभएको थियो ।कार्यक्रममा बोल्दै रोक्काले क्लब स्तरबाट बालबालिकालाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमको खुलेर प्रशंसा गर्दै बालबालिका सम्बन्धि हरेक सामाजिक कार्यको लागि सहकार्य गर्न लायन जिल्ला ३२५ बि १ नेपाल परिवार तयार रहेको जनाउनु भएको थियो। उक्त कार्यक्रममा लायन्स क्लव अफ लेखनाथको सहयोग र लियो क्लव अफ लेखनाथको संयोजनमा पोखरामा नै पहिलो अल्फा लियोको रुपमा लियो सौरव सुवेदीको अध्यक्षतामा लियो क्लव अफ लेखनाथ सहारा नवगठन भएको थियो।
करिव दुई हजार दर्शकले फेसबुक मार्फत प्रत्यक्ष रुपमा हेरिएको उक्त कार्यक्रममा बालमनोविमर्शकर्ता वसन्त सुवेदिले बालबालिका भित्र लुकेर रहेका विभिन्न मनोवैज्ञानिक प्रश्न र जिज्ञासा सरल रुपमा बयान गर्नुभएको थियो ।यसै गरि यहि भदौ २७ गते संचार माध्यम बाट ८० जना प्रतिस्पर्धी रहेको विद्यालय स्तरिय वक्तृत्तोकला प्रतियोगिताको नतिजा प्रकाशन पनि सम्पन्न भएको थियो। ए सरकार ऐना पुस्छौ कि अनुहार भन्ने शिर्षकमा आयोजित उक्त प्रतियोगितामा विरेन्द्रनगर सुर्खेतकि ज्योती देवकोटा प्रथम, रत्ननगर चितवनका आशिष बन्जरा दित्तिय र दमौली तनहुँका गौरव सापकोटा तृतीय भएका थिए। लियो क्लव अफ लेखनाथका सचिव लियो महेश अधिकारिले संचालन गर्नु भएको कार्यक्रममा लायन जिल्ला ३२५ बि १ नेपालका प्रथम उपाध्यक्ष एम जे याफ लायन विशेश्वोर आचार्य, लियो क्लव ३२५ बि १ नेपालका अध्यक्ष लियो आदर्श मोहन भट्टराई, लियो क्लव ३२५ बि १ नेपालका उपाध्यक्ष लियो प्रकाश थापा क्षत्री, लायन्स क्लव अफ लेखनाथका अध्यक्ष लायन शंकर पौडेल, पुर्व अध्यक्ष लायन मेजर राम प्रसाद गुरुङ, लियो जिल्ला ३२५ बि १ नेपालका निवर्तमान अध्यक्ष लियो विनायक पौडेल, लियो जिल्ला ३२५ बि २ का जिल्ला अध्यक्ष कुबेर पाठक, रिजन संयोजक लियो राजन बाबू ढुंगाना लगायतले आआफ्नो भनाई राखेका थिए ।
Comments are closed.