पोखरा, १४ पुस ।
पोखरा–११, फुलबारी निवासी समाजसेवी कर्णेल महेन्द्र गुरुङ्गको ५९ बर्षको उमेरमा मंगलबार आफ्नै निवासमा असामयिक निधन भएको छ । झण्डै १ वर्ष अघिदेखि क्यान्सर रोगबाट पीडित गुरुङ्गलाई उपचाराका लागि काठमाण्डौंको छाउनीस्थित आर्मि हस्पिटलमा राखिएको थियो ।
स्वर्गिय गुरुङ्गको मंगलबार नै रामघाटस्थित बौद्ध सदनमा दाहसंस्कार गरिएको छ । स्वर्गिय गुरुङ्गका तीन छोराहरु मनिष गुरुङ्ग, महेश गुरुङ्ग र समिर गुरुङ्ग छन् ।
स्वर्गिय गुरुङ्गको शवयात्रा पुर्व नेपाली सेनाले उनको निवासमा अन्तिम सलामी चढाएको थियो भने दाहसंस्कार पुर्व पनि सेनाको एक टुकडिले सलामी दिएको थियो ।
Comments are closed.