समाज रुपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्वपूर्ण : मन्त्री थापा


पोखरा
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उदघाटन गर्दै उहाँले देशको भविष्य अब युवाहरुको काँधमा रहेको उल्लेख गर्नुभयो ।
। देशको भविष्य अब युवाहरुको काँधमा छ’, उहाँले भन्नुभयो, “तपाईहरु को भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारिरिक एवम्
मानसिक स्वस्थताका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्नुभयो । खेलाडी देश परिवर्तनका सम्बाहक हुन भन्दै उहाँले खेलकुदका क्षेत्रमा सम्भावना समेत बढ्दै गएको बताउनुभयो । गण्डकी सरकारले पनि खेललाई महत्वपूर्ण विषयको रुपमा हेरेको भनाई उहाँको छ । मन्त्री थापाले गण्डकी विश्वविद्यालय गठन गरेको र विश्वविद्यालयमा खेलकुदका विषयमा समेत पढाई हुने जानकारी गराउनुभयो ।
उहाँले खेलमैदान निर्माण देखि खेलाडीलाई प्रोेत्साहन गर्ने सम्मका क्रियाकलापमा गण्डकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सुदृढ काँग्रेस
निर्माणका लागि भातृसंगठनले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।  काँग्रेसलाई बलियो र सुदृढ बनाउने विषयमा भातृसंगठनहरुको भूमिका समेत प्रभावकारी रहन्छ’, उहाँले भन्नुभयो, तीनै तहको निर्वाचन आउँदैछ,आफ्नो सक्रियता बढाई काँग्रेसलाई जिताउने अभियानमा लागौं ।’
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले खेलाडी परिवर्तनका सम्बाहक भएको बताउँदै देश निर्माणको चित्र कोर्ने शक्ति युवामा रहेको उल्लेख गर्नुभयो । उहाँले नेता कर्मका कारण हुने र समाजलाई फरक तरिकाबाट सोच्नुपर्ने आवश्यकता आजको भएको बताउनुभयो । कास्की काँग्रेसका पूर्वसभापति कृष्ण केसीले लोकतान्त्रिक खेलकुद संघ खेलकुदको मात्र संस्था नभई राजनीतिक तवरले समेत जोडिएको संस्था भएको बताउनुभयो । आगामी तीनै तहको निर्वाचनमा कुनै पनि हालतमा काँग्रेसले जित्नुपर्ने भनाई उहाँको छ ।
काँग्रेस नेतृ शारदा पौडेलले लोकतान्त्रिक खेलकुद संघले युवाहरुलाई परिचालित गराई समाज रुपान्तरणको बाटोमा अग्रसरता लिएको बताउनुभयो । नेपाली काँग्रेस पोखरा महानगरपालिका सभापति सुरेन्द्रमान बिजुक्छेले भातृसंगठनहरु बलियो भए मात्र काँग्रेस बलियो हुने तर्क प्रस्तुत गर्नुभयो । नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रका सभापति देवेन्द्र शेरचन लोकतान्त्रिक खेलकुद संघका खेलाडीहरुलाई व्यवस्थापन गर्न नसक्दा विचलित हुने अवस्थाको सिर्जना हुँदै गएको बताउनुभयो । उहाँले काँग्रेसका शिर्ष नेताहरुले भातृसंगठन संरक्षणमा ध्यान पुर्याउनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । पत्रकार गंगाधर पराजुलीले जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास समितिमा काँग्रेसका
युवाहरु नपर्नु दुख लाग्दो अवस्था भएको बताउनुभयो । यस्ता समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता रहेको भनाई उहाँको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका उपसभापति मिलन गुरुबले स्वागत गरेको कार्यक्रमबाट संजय कुमार अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।

Comments are closed.