बजारमा रासायनिक मल अभाव छ । किसानले मल पाएका छैनन् । असारमा किसानले खेत रोपे । यतिबेला धान गोडने बेला भएको छ । धान गोडेर मल हाल्नुपर्ने बेला भएको छ । तर किसानल मल पाएका छन् । खेतमा हाल्नुपर्ने मलका लागि किसानहरु भातरसंग निर्भर हुनुपरेको छ । सरकारी अनुदानमा आउने मल नपाइएपछि कास्कीका किसान समस्यामा परेका छन् । भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने बाध्यता छ । भारतीय डिएपी, युरिया, पोटासलगायतका मल आयात भइरहेको छ । धानमा गाँज लाग्ने बेला युरिया मलको चरम अभाव भएपछि कास्कीका किसान अहिले समस्यामा छन् । सरकारले किसालाई प्राथमिकतमा राखेको बताएपनि व्यवहारमा त्यस्तो देखिदैन् । किसानले समयमै मल नपाउने अवस्था पुरानै हो । आर्थिक समृद्धिको सपना देखेको सरकारले किसानलाई आवश्यक मल उपलब्ध गराउन नसक्नु दुःखद हो । समयमा मल र बिउ उपलब्ध गराउनुपर्छ । कृषि प्रधान देशका किसान मल नपाउने समस्याबाट पीडित छन् ।
अनुदानको मलखाद सहकारीमार्फत व्यापारीको हातमा जाने र किसानलाई चाहिने मलखाद सहज आपूर्ति नहुँदा किसान भारतीय मलखादमाथि नै निर्भर छन् । किसानलाई चाहिने मलखाद आपूर्ति गर्न कैयौँ नेताहरुले सदनमा आवाज उठाउँदासमेत राज्यले वास्ता नगरेको किसानको गुनासो छ । सदनको जस्तै नेता र जनप्रतिनिधिले स्थानीय प्रशासनसँग मलखाद बारेमा गम्भीरताका साथ कुरो गरेमा समस्या समाधान हुने विश्वास छ । किसानको समस्या समाधान र सहज रुपमा मलखाद आपूर्तिका लागि पहल नगर्दा चर्को मूल्य तिर्न बाध्य भएको किसानको गुनासो छ । किसानले मल समेत नपाउदाँ निरास हुनुपर्ने अवस्थालाई अन्त्य गदै सरकारले गम्भिर हुनुपर्छ ।
Comments are closed.