सम्पादकिय

कोरोना नियन्त्रणमा कडाई गर

पोखरा हटलाईन

३०,साउन

कोरोना संक्रमण नेपालमा बढदो छ । नपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।संक्रमित मध्य ९६ जनाको मृत्यु भैसकेको छ । १६ हजार ८३७ जना निको भएर फर्किएका छन् । पछिल्लो समय नेपालमा संक्रमितको संख्या बढदो छ । सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन साउन ७ गतेबाट हटाएको थियो । लकडाउनको अन्त्यसंगै कोरोना संक्रमितको संख्या नयाँ संक्रमितको संख्या छ सयको हाराहानीमा हुनेको छ । सरकारले जिल्लाभित्र सार्वजनीक यातायात, उद्योग, व्यापार व्यवसाय सञ्चालनका लागि खुल्ला गरेपछि भिडभाड बढेको छ । भिडभाडसंगै कोरोना संक्रमण फैलिएको छ । पछिल्लो समय संक्रमण बढेपछि सरकारले थप कडाई गरेको छ । सरकारले खुल्ला गरेको होटल रेष्टुरेण्टहरुमा बसेर खान नदिने र विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । सरकारले सामाजिक दुरी कायम गदै सुरक्षाका विधि अपनाउन आग्रह गदै आएको छ । तर त्यसको पालना हुन नसक्दा नेपालमा कोरोना संक्रमणले थप जटिलता ल्याउने सम्भाबना देखिएको छ । गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुबाट जारी हुने पास रद्ध गरेको छ । बिहीबारदेखि सवारी पास बन्द गरिएको छ । बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको हो । एम्बुलेन्स, खाद्यान्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन भने चल्न पाइने छ । गृहमन्त्रालयले जारी गरेको निर्देशनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने खाँचो छ । पहुँचका आधारमा पास वितरण गर्दा थप जटिता आएको छ । त्यसैले पहुँका आधारमा पास वितरण गर्ने कार्यलाई कडाई गदै कोरोना नियन्त्रणका लागि सरकार र नागरिक दुवै सचेत हुनुपर्छ ।

((

Comments are closed.