कोरोना भाइरस संक्रमितको संख्या बढदो छ । कोरोना संक्रमबाट नेपालमा धेरैको ज्यान समेत गैसकेको छ । नेपालमा चैतमा पहिलो संक्रमित भेटिए । संक्रमित भेटिए लगत्तै सरकारले लकडाउन गर्यो । झण्डै तीन महिना लकडाउन भएपछि कोरोना नियन्त्रण भयो । सरकारले लकडाउन अन्त्यको घोषणा गरे लगत्तै संक्रमितको संख्या ह्वत्तै बढयो । अहिलेको अवस्थालाई हेर्दा संक्रमणले ठूलो क्षती हुने आशंका ब्यक्त भैरहेका छन् ।सरकारले कोरोना भाइरसको वित्तिसंग लडन् आवश्य तयारी गर्न नसकेको आभाष गरिएको छ । १२ अर्वभन्दा बढि खर्च भएपनि त्यस अनुसार काम हुन सकेको छैन् । क्वारेन्टीनको व्यवस्थापन, संक्रमितको उपचारका लािग आवश्यक अपस्पताल र आइसोलेसन वाडको व्यवस्थापनमा सरकार चुकेको छ । तीन तहका सरकार भएपनि त्यसको आभाष नागरिकले गर्न पाएनन् । जनताको नजिकको सरकार स्थानीय सरकारहरुले काम गरेपनि जस पाउने अवस्था छैन् । प्रदेश सरकारले पनि संक्रमण नियन्त्रका लागि स्थानीय तहसंग समन्वय नगर्दा र आफनो अस्तित्व खोज्दा खोज्दै समय वितेको छ । देश कोरोना संक्रमणको भुमरीमा परिरहदाँ अपेक्षाकृत प्रयास हुन सकेनन् । देशभरै आइसोलेसन वाड नहुदाँ संक्रमितहरु सडकमै मृत्युवरण गर्नुपर्ने अवस्था सृजना भएको छ । क्वारेन्टीनको व्यवस्थापन नहुदाँ संक्रमण फैलने जोखिम उत्तिकै छ । त्यसैले अव तीनै तहका सरकार गम्भिर हुन आवश्यक छ । संक्रमण भुसको आगो झै भित्रभित्रै फैलि सकेको छ । यसको नियन्त्रणका लागि गम्भिर कदम नचाल्ने हो भने अवस्था भयाबह हुनसक्छ । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । कोरोना संक्रमणको बढि जोखिम भएका जिल्लाका लागि सरकारले एमडी र एमएस पास गरेका चिकित्सक खटाएको छ । कन्ट्याक्ट ट्रेसिङ, स्वाब परीक्षणलाई दु्रत गतिमा बढाउन आवश्यक छ । कोरोना समुदायस्तरमा फैलिएको छ । अब सामान्य अवस्था छ्रैन् । त्यसैले राज्यका सवै निकायहरुको ध्यान कोरोना संक्रमण नियन्त्रणमा लगाउनुपर्छ । तत्र भयावह अवस्था हुन्छ र यसले ठूलो क्षती पुर्याउन सक्छ । सबै सचेत र सजग बनौँ ।
Comments are closed.