बालबालिका देशका कर्णधार हुन् । बालबालिकाको पहिलो पाठशाला घर हो । उनीहरुलाई कस्तो बनाउने र कस्तो संस्कार दिने । त्यसमा आमा बाबुको भुमिका महत्वपूर्ण हुन्छ् । घरमा बालमैत्री वातावरण हुनुपर्छ । नेपालका बालबालिका मध्य धेरैले बालमैत्री वातावरणको अनुभव गर्न पाएका छैनन् । नेपालमा दुई खालका बालबालिका छन् । हुदाँ खाने र हुने खानेहरुको परिवारका बालबालिकाहरु वीच भिन्नता छ । हुने खाानेका बालबालिकाले बालमैत्री वातावरण पाएका छन् । तर हुदाँ खानेहरुका लागि बाल अधिकार र मौत्री वातावरण के हो ? थाहा छैन् । नेपालमा समानताका नारा धेरै लगाइ तर त्यसको व्यवहारीक कार्यान्वयन कठिन छ । बाल अधिकार सेता कागजमै सिमित छ । पढन पाउने,बोल्न पाउने, शिक्षा पाउने, संगठीत हुन पाउने बालबालिकाको अधिकार सुकीलामुकीलाका लागि मात्रै छ । गरिव र विपन्नका लागि यसका बारेमा केही थाहा छैन् । सरकारले बाल अधिकारका बारेमा हरेक वर्ष एक दिन दिवस मनाउँछ र अन्य समय वास्था गदैन् । बालअधिकारका बारेमा तारे होटलमा गफ हुन्छन् । बालबालिका नाममा खोलेका संस्थाहरु दातृ निकायबाट ल्याएको सहयोग बाँडफाँट गरेर कागजमा कार्यक्रम देखाउछन् । नेपालमा बाल अधिकारको अवस्था दनिय छ । बालबालिका सडकमा बस्न बाध्य छन् । तीनैका नाममा विदेशीसंग सहयोग मागेर खाने काममा गैह सरकारी संस्थाको बानी परेको छ । तर बालबालिका आफना आमा बाबुको आर्थिक अवस्था दनिय भएपछि सडकमा मागेर पेट पाल्न बाध्य छन् । सडक बालबालिका भन्दा उनीहरुलाई राख्न बनाइएका बालगृह धेरै छन् । अधिकांश बालगृह खाली छन् । बालबालिका ‘सडकमा छन् । सडक बालबालिकाको समस्या समाधान गर्न उनीहरु चासो देखाउदैनन् । समस्या समाधान भए विदेशबाट आउने आर्थिक सहयोग गुम्ने र आफनो आयस्रोत बन्द हुने डरले उनीहरुलाई सडकमै देख्न चाहन्छन् । पोखरा महागनरले सडकहरुमा रहेका बालबालिको उद्धार गरेको छ । उनीहरुलाई महानगरले बालगृहमा राखेको छ । उनीहरुको सबै ब्यवस्थापन महानगरले गरेको छ । सडकमा भौतारीने बालबालिको बानी ब्यवहारमा परिर्वतन आएको छ । महानगरले उद्धार गरेका बालबालिकालाई बालमैत्री वातावरण सृजनागरी परिवारमा पूर्नस्थापना गर्ने वा अन्य विकल्प बारे सोच्नुपर्छ । बालबालिको समस्या समाधानमा सरकार, गैहसरकारी संस्था, अभिभावक सवैले सकरात्मक भुमिका खेल्नुपर्छ ।
Comments are closed.