सम्पादकिय

कृषि योग्य जमिन संरक्षण

पोखरा हटलाईन
साउन १२

नेपाल कृषि प्रधान देश हो । यहाँका बासिन्दाको रोजगारीको प्रमुख आधार कृषि हो । धेरैले आफनो बैयक्त्तिक विवरणमा प्रमुख पेशा कृषि लेख्छन् । तर त्यो काजगमा मात्रै हुन्छ व्यवहारमा कृषि हुदैन् । कास्की जिल्ला पनि कृषिका लागि प्रख्यात छ । हेमजाको आलु, कृष्तिको सुन्तला, भरतपोखरीको तरकारी र सुन्तलामा चर्चित छ भने पोखराको फेवा फाँट जेठोबुढो धानले प्रख्यात छ । नेपालमै यसको माग बढदो छ तर उत्पादन विस्तारै घट्दो देखिन्छ । फेवा फाँटमा किसानले लगाउने जेठोबुढो धान मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम मिठो हुन्छ । त्यसैले यसको माग बढदो छ । यो  रैथाने पोखरेली जेठोबुढो हो ।  फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख सहरमा हुने  छ । पोखरा महानगरपालिका भित्र कुल धान रोपनी क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान रोपिन्छ ।  जेठोबुढो धानको माग बढ्नु र मुल्य पनि अरु धानको भन्दा मङगो छ । त्यसैले यसको माग बजारमा बढदो छ भने उत्पादन माग अनुसार हुन सकेको छैन् । खेती योग्य जमिनहरु कंक्रिटमा परिणत भएका छन् । खेती योग्य जमिन संरक्षणका लागि सरोकारवाला निकायको ध्यान जान सकेको छैन् । खेती योग्य जमिन आबासमा परिणत हुदै गएका छन् । यसको संरक्षणका लागि प्रदेश सरकार, स्थानीय सरकार र कृषि विकास मन्त्रालयले ध्यान दिनुपर्छ । बेलैमा ध्यान नदिने हो भने इतिहासको कथामा सिमित बन्न सक्छ । त्यसैले कृषि योग्य जमिनमा घर बनाउन रोक्नुपर्छ ।

Comments are closed.