काठमाडौ, वैशाख १५ – भूकम्प पीडितको उद्दार र राहत वितरणमा सरकार निस्प्रभावी भएको भन्दै सरकार खोज्न वालुवाटार पुगेको लेखक र अधिकारकर्मीको टोलीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । वालुवाटार प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सरकार कहा छ ? लेखिएको प्लेकार्ड बोकेर खगेन्द्र संग्रौला लगायत लेखकहरु धर्ना दिएका थिए । पलेटी मारेर धर्नामा बसेका संग्रौला, अनुभव अजित, विजयकान्त कर्णलगायतलाई धर्नाबाट हटाउन प्रहरीले बल प्रयोग गरेको हो । धर्नामा संलग्न अनुभव अजितले प्रहरीले असंवेदनशील भएर बल प्रयोग गरेको बताए ।
Comments are closed.