सरकार बनेपछि, कास्की ! एमालेमा ओली पक्ष खुस, नेपाल पक्ष गुपचुप, एमाओवादी कुइरोको काग

पोखरा, १५ कार्तिक
नयाँ सरकार गठनसँगै सत्तारुढ दल कास्कीका नेताहरुमा मा आ आफ्नौ खालका दृश्य परिदृश्यहरु देखा परेका छन् ।
सरकारको नेतृत्व गरेको एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रौनक देखिन्छ भने माधब नेपाल पक्ष गुपचुप देखिन्छ । सत्तासाझेदा एकिकृत नेकपा माओवादी कास्की कागको कुइरो देखिन्छ । आफ्ना तर्फबाट सरकारमा पाउने मन्त्रालयको टुङ्गो नलाग्दा, राप्रपा नेपाल कास्कीमा रौनकता देखिदैन ।

b61f6d93235267e81afabd4192422268_L
सरकारमा जाने तयारीको रहेको भनिएको राष्ट्रिय जनमोर्चा नेपालमा पनि राप्रपा नेपालकै हाल छ । बिजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका नेताहरु पनि सरकार बनेको रौनकतामा छैनन् ।
एमालेमा ओली पक्षका जिल्ला तथा अञ्चलका नेताहरु काठमाण्डौ पुगेर प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीलाइ बधाइ दिएर आइसकेका छन् ।
उनिहरुका सामाजिक सञ्जाल बधाइ दिएर, आएका फोटोले रंगीएका छन् । तर माधब नेपाल पक्षका एमालेजनहरु भने गुपचुप छन् ।
एमाले भित्रै आन्तरिक रुपमा कुन मन्त्रालयमा कसले नेतृत्व गर्ने भन्ने बारेमा केन्द्रमानै टुङ्गो हुन सकेको छैन । बिशेषतः एमाओवादीलाइ धेरै मन्त्रालय दिएको र मन्त्री नियुक्तीमा पनि एकलौटी गरेको आरोप माधब नेपाल पक्षले लगाएसँगै त्यसको स्वभाबिक प्रभाब कास्की नेपाल पक्षका कार्यकर्ताहरुमा परेको छ ।
उता लामो समय देखी सँगठनात्क अस्तब्यस्तातामा गुज्रिरहेका एमाओवादी कास्की भने पार्टीको केन्द्रिय समितिको निर्णय पर्खीरहेको छ ।
लामो समय देखी बस्दै स्थगित हुँदै ठोस निर्णय लिन नसकेको एमाओवादीको केन्द्रिय समितिको अब मंसीरमा हुने बैठकले सँगठनात्क रुपमा ठोस निर्णय गर्ने अनुमान गरिएको छ ।
महत्वपुर्ण मन्त्रालय पाएका पार्टीहरुले, जिल्लामा त्यसको प्रभाब आफ्नो पार्टीको पक्षमा कसरी पार्ने भनेर योजना बनाउने पुरानै चलन हो । तर कास्कीमा सत्तारुढ दलका स्थानिय नेताहरु आफै रनभुल्लमा छन् ।
त्यसो पछिल्लो क्रममा पार्टीका नेता तथा मन्त्रीहरुले संस्थागत भन्दा पनि आफ्ना भित्रिया कार्यकर्ताहरुको कुरा सुन्ने र त्यही अनुसार योजना बनाउने हुनाले समग्र पार्टी पंक्तिमा उत्साह जगाउन सकेको पाइदैन ।

Comments are closed.