सरकार विश्वास वढाउन तिर लागोस।

सरकारको गठन संगै आएको कुरा संझने हो भने अव सरकारले संविधान संसोधनको प्रस्ताव ढिलो चाडो पेस गर्नु पर्छ। संविधान पारित गर्नको लागि आवश्यक सहमति गरेर पेस गर्छ कि त्यतिकै गर्छ भन्नेमा अझै दुविधा छ।प्रमुख प्रतिपक्ष नेकपा एमाले एेले संम सहमत देखिदैन। एमाले विना पनि सवै एक भएमा दुइ तिहाइ पुग्न सक्छ। तर एउटा कुरा के विर्सनु हुदैन भने त्रीयानव्वे प्रतिशतले पास गरेको संविधान कार्यान्वयन गर्न नसक्नेहरूले एक तिहाइलाई पाखा पारेर कसरी काम गर्न सक्छ ? भन्ने प्रश्न हाम्रो सामु छ। मदेशी मोर्चाका करिव पचास जति सभासदको असहमतिलाइ सम्वोधन गर्दा एक सय चौरासी जति सवासदको विमति हुन्छ भने संविधानको कार्यन्वयन कसरी हुन सक्छ अर्को प्रश्न यो पनि छ।तेस्रो कुरा शान्त रहेका प्रदेशहरू चलाएर मदेशी मोर्चालाई देखाउन खोजिएको छ।यो देखाएर मात्रै पार लाग्ने विषय होईन।जाहा जाहा विमति थियो त्याहा त्याहा मात्र स्थीयहरूलाई समेत राखेर सवै दलका वीचमा वार्ता र सम्वाद गर्न सक्नु पर्दथ्यो। त्यस वाट राम्रो परिणाम आउन सक्थ्यो। त्यता पट्टी कुनै ध्यान दिएको पाईदैन। सरकारलाई संविधान संसोधन गरेर चिर्वाचनमा जानु छ। यो काम सव भन्दा जटिल र झन्जटिलो छ।चारतिर फर्केका दलहरूलाई एक ठाउमा ल्याउने विश्वासको वातावरण सरकारले वनाउनु पर्ने हो। तर अहिले संम त्यस्तो भरपर्दो वातावरण वनाउन प्रम पुष्पकमल दाहाल सफल भएका छैनन। नेपाली काग्रेस सत्ताको नेतृत्वमा नभए पनि निर्णायक तहमा भएर पनि वातावरण निर्माण सकिरहेको छ। यो दायित्व दाहालको मात्र होइन। काग्रेस सभापति शेरवहादुर देउवाको पनि हो। तर कसैले दायित्व लिएको पाईदैन।  अहिले राजनीतिक सतहमा नया विषयहरू पनि देखिन थालेका छन। जस्तो वाह्रवुदे दिल्ली संझौताको पालना किन भएन? धर्मनीरपेक्षता काहा वाट आयो। गणतन्त्र आन्दोलनको मागै थिएन।जस्ता विषयहरू उचालिएको छ।  भुईको टिप्न खोज्दा पोल्टाको पोखिने डर वढीरहेको छ। यस्तो वेलामा आन्दोलनको वलमा संझता गर्ने र त्यसलाई पुरा गर्न तिर लाग्दा प्राप्त उपलव्धी पनि गुम्ने खतरा वढेको छ। हिजो विवादित विषयमा जनमत गर्नु पर्छ भन्ने राप्रपा का कमल थापा मात्र थिए। अहिले मदेशी जनअधिकार फेरम ( लोकतान्त्रिक) ले समेत भन्न थालेका छन। काग्रेस भित्र पनि हिन्दू धर्मलाई कायम राख्नु पर्छ भन्नेहरु वलियो हुन थालेका छन। यदी यसरी नै घटना क्रमलाई टुगोमा नपुर्याउने र समस्या माथि समस्या थप्दै जाने हो भने। भोलिका दिन अझ वढी कष्ट कर हुन सक्ने छ। त्यस्तो स्थिति नआउदै सवैले आआफ्ना हठ त्यागेर मुलुकको हितमा एक भएर उभिनु सवै भन्दा कल्याण हुने छ।

Comments are closed.