सराङ्गकोटको दुर्घटनामा मृत्यु हुनेको नामावली

पोखरा, फागुन २२

कास्कीको सराङ्गकोटमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृत्यु हुनेमा ठेगना नखुलेका दिवस तिमिल्सीना, कास्कीकोट गाबिस काहँुलेका हरिबहादुर खत्री र गोमा लुइटेल र पोखरा २६ सराङ्गकोटका लेखबहादुर ढकाल र तारा थापा रहेका छन् ।
ग १ ख ४८४९ नम्बरको बस सडकबाट पल्टदा, दुर्घटना भएको हो । बस कास्कीकोटबाट सराङ्गकोट हुँदै पोखरा आउँदै थियो । दुर्घटना बिहान पौने एघार बजे भएको हो । मृतकहरुको शब अहिले पोखराको मणिपाल अस्पतालमा रहेको छ ।
उनिहरुको सनाखत भएको छ । घाइतेहरुको मणिपाल र बाग्लुङ्ग बसपार्कमा रहेको सहारा अस्पतालमा उपचार भइरहेको छ । कास्की प्रहरी प्रमुख हरिबहादुर पालले पोखरा हटलाइनसँग केही घाइतेहरुको अवस्था गम्भिर रहेको वताए ।

Comments are closed.