पोखरा, फागुन २२
कास्कीको सराङ्गकोटमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
ग १ ख ४८४९ नम्बरको बस सडकबाट पल्टदा, दुर्घटना भएको हो । बस कास्कीकोटबाट सराङ्गकोट हुँदै पोखरा आउँदै थियो । दुर्घटना बिहान पौने एघार बजे भएको हो । मृतकहरुको शब अहिले पोखराको मणिपाल अस्पतालमा रहेको छ ।
उनिहरुको सनाखत भएको छ । घाइतेहरुको मणिपाल र बाग्लुङ्ग बसपार्कमा रहेको सहारा अस्पतालमा उपचार भइरहेको छ । कास्की प्रहरी प्रमुख हरिबहादुर पालले पोखरा हटलाइनसँग केही घाइतेहरुको अवस्था गम्भिर रहेको वताए ।
Comments are closed.