सरुलाई मुक्तक मञ्च पोखराको नेतृत्व

10410260_888694074514354_2557317849478566816_n
पोखरा, १ भदौ/मुक्तक मञ्च पोखराको सरला लामिछाने ‘सरु’ अध्यक्ष भएकी छन् । सातौं साधारणसभा तथा पाँचौं अधिवेशनले लामिछाने ‘सरु’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सरु यसअघि मञ्चको सचिव थिईन् । समितिको उपाध्यक्षमा प्राञ्जल, सचिवमा पवित्रा भण्डारी ‘पारु’, कोषाध्यक्षमा रामजीप्रसाद आचार्य र सह–सचिव भरतराज पौडेल छन् । यस्तै, सदस्यहरूमा सम्झना रेग्मी ‘सानु’, रोशन तलकोटे, अजय अनमोल, कमल पौडेल ‘आवेश’, वसन्त पोखरेल ‘विवश’ र रवीन ढकाल छन् ।

मुक्तकको विकासमा नयाँ योजना र पोखरालार्ई मुक्तक शहरको रुपमा विकास गर्नका लागि मञ्चले अब पहल थाल्ने लामिछानेले बताईन् । सबैसँग सहकार्य गरी मुक्तकलाई पृथक विधाको रुपमा चिनाउन र पोखरालाई मुक्तकको उर्वर क्षेत्रको रुपमा स्थापित गर्न आफ्नो कार्यसमिति लग्ने प्रतिबद्धता सरुले जनाएकी छन् ।

मुक्तक मञ्च पोखराले प्रत्येक महिना नियमित मुक्तक वाचन गर्दै आएको छ भने मुक्तक संग्रह प्रकाशन, मुक्तक विधा सम्वन्धिका अन्तक्र्रिया तथा शैद्धान्तिक ज्ञानका विषयमा छलफल र गोष्ठी, विभिन्न पुस्तकका परिचर्चा लगायतका कार्यक्रम निरन्तर रुपमा गर्दै आएको छ ।11873655_525409684275573_4242684782613308191_n

Comments are closed.