सर्वेश्वर मार्ग नमुना बाटो ढलान सम्पन्न

पोखरा २० असार ।

सर्वेश्वर मार्ग नमुना बाटो निर्माण कार्य शनिबार सम्पन्न भएको छ । जनसहभागिता र महानगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो । सर्वेश्वर मार्ग उपभोक्ता समिति र पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकरप्रसाद बास्तोलाको नियमित सुपरीर्वेक्षणमा उक्त बाटो निर्माण सम्पन्न भएको हो ।
उक्त बाटो १२ लाख ५१ हजार ८ सय ९५ रुपैयाँमा निर्माण सम्पन्न भएको हो । बाटो सेन्ट्रली लोकेटेड सियरवाल सहितको आरसिसी ६ इन्च ढलान सहितको रहेको अध्यक्ष वास्तोलाले बताए । बाटो निर्माण कार्यमा सर्वेश्वर मार्ग उपभोझा समिति तथा टोलवासीको उत्साहजनक सहभागिता रहेको वडा अध्यक्ष वास्तोलाले बताए ।
अध्यक्ष बास्तोलाले सर्वेश्वर मार्ग टोल विकास समितिका अध्यक्ष, सर्वेश्वर मार्ग उपभोक्ता समितिका अध्यक्ष र काममा अहोरात्र खटिने श्रमिकहरुलाई समेत विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

Comments are closed.