आज दिउसो पृथ्विचोक बाट बुद्ध चोक तर्फ जादै गरेको स्कुटर र पृथ्विचोक तर्फ आउदै गरेको ट्रक एक आपसमा ठक्कर खांदा स्कुटर चालक गुल्मी चारपाला गाँउपालिका-४ घर भई प्रहरी सहायक निरीक्षक पदमा जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत वर्ष ४२ को डिल बहादुर सोमरे घाईते भएका छन/सोहि स्कुटरमा पछाडी सवार सोमरेकी सासु आमा कास्की जिल्ला पोखरा महानगरपालिका-१४ काजीपोखरी बस्ने वर्ष ६० की शान्ति माया पुनको उपचारको क्रममा मृत्य भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ। साथै घटनास्थलमा प्रहरी टोली खटि गई ट्रक र ट्रक चालकलाई नियण्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रदेस प्रहरि कार्यालयको बिग्यप्तिमा जनाइएको छ।
Comments are closed.