सवारी दुर्घटनामा भण्डारीको मृत्यू , १ जना घाईते

तनहुँ : २०७५।११।२९ : म्याग्दे गाउँपालिका- ४ मनहरी स्थित पृथ्वि राजमार्गमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ४८५६ नं. को ट्रकले  सोही दिशा तर्फ आउँदै गरेको ग १ प १८६५ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शुक्ला गण्डकी नगरपालिका-४ बस्ने वर्ष ३०/३५ की दुर्गा अधिकारी र सोहि स्कुटरको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष २५ की प्रतिक्षा भण्डारी घाईते भई उपचारको लागि  जिल्ला अस्पताल दमौली पठाईएकोमा उपचारको क्रममा निज प्रतिक्षा भण्डारीको मृत्यू भएको छ । उक्त स्थानमा तत्काल प्रहरी टोली खटिई गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ

Comments are closed.