सवारी दुर्घटनामा २ जनाको मृत्यु, ६ जना उपचारको क्रममा

गोरखा,

आज दिउसो  गोरखा जिल्ला, गोरखा नगरपालिका-६ बिसौनी मोडमा गोरखा-आँबुखैरेनी सडक खण्डमा बसपार्कबाट गोरखा बजार आउदै गरेको मिनी ट्रक र  मोटरसाईकल एक आपसमा ठक्कर खाई सडक देखि अन्दाजि २० मिटर तल खसेकोछ ।  खबर प्राप्त हुनासाथ प्रहरी टोली द्वारा ८ जनाको उद्दार गरी उपचारको लागि पठाईएकोमा ट्रक चालक र मोटरसाईकल पछाडी सवार गरी २ जनाको उपचारको क्रममा मृत्यु भएको र  बाँकि ६ जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको तथा घटनाको विषयमा थप अनुसन्धान समेत भईरहेको गण्डकी प्रदेस प्रहरी कार्यालय बाट जारी बिज्ञप्तीमा जनाईएको छ ।

Comments are closed.