‘सहकारी प्रवद्र्धनका लागि महिला सहभागिता बढाउनु पर्नेमा जोड’

पोखरा हटलाइन,
२७ फागुन


अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर राष्ट्रिय सहकारी बैंक पोखरा शाखाले बिहीवार आयोजना गरेको सहकारी महिला र युवाको गुणस्तरीय सहभागिता विषयक कार्यक्रमका सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि महिलाहरुको सहभागिता बढाउनु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सामाजिक रुपमा सशक्त बनाउने काम सहकारीले गरेको छ, सहकारीमार्फत महिलाको नेतृत्व तथा क्षमता विकास समेत भएको भन्दै सहभागीहरुले सहकारी क्षेत्रको प्रभावकारिताका लागि महिला सहभागिता बढाउनु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले महिलाहरुलाई मुलुक निर्माणका हरेक क्षेत्रमा अगाडि बढाउनका लागि सहकारीले महत्वपूणर् भूमिका निर्वाह गरेको बताउनुभयो ।

 

सहकारीका सदस्यमा महिलाको सहभागिता ५६ प्रतिशत भए पनि नेतृत्वमा ३३ प्रतिशत पनि नपुगेको भन्दै जिसीले सहकारी संघ संस्थाको नेतृत्वमा महिलाको सहभागिता बढाउन ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका सदस्य निरु थापाले राज्यका हरेक तहमा महिलाको अर्थपूणर् सहभागिताका लागि सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बैंकका पोखरा शाखा प्रमुख नरेश पाण्डेले सहकारीमा महिला तथा युवाको सहभागिता विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका सदस्य पवित्रा केसीको अध्यक्षता, बैंकका कर्मचारी अमृत श्रेष्ठको सञ्चालन र समिर श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

 

Comments are closed.