नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस गण्डकी प्रदेसले माहामारिको रुपमा फैलिएको कोभिड्-१९ कोरोनाको प्रकोपले सारा बिश्व नै थला परेको सन्दर्भमा ट्राभल तथा टुर ब्याबसायमा प्रत्यक्ष असर परेको जनाउदै बिहिबार एक अपिल जारी गरेको छ। अपिल मा घर भाडा,बैङ्क को ब्याज लगायतमा परीस्थिती अनुसार समय सिमा तथा नगद सहुलियत दिन आग्रह गरिएको छ ।साथै अपिलमा बिभिन्न देश हरुमा रहेका नेपालीलाई नेपाल ल्याउँन भईरहेको हवाई सेवा को टिकेट बिक्री गर्न र नेपालको एक स्थान बाट अर्काे स्थान सम्म जान चाहने व्यक्तिका लागी यातायातको प्रबन्ध ट्राभल एजेन्सीहरु मार्फत गर्न सहजता बनाईदिनु हुन सम्बन्धित निकायहरुलाई अनुरोध गरिएको छ ।
उक्त अपिल को पूर्ण पाठ निम्न छ:
हार्दिक अपिल
२०७७/३/४
महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को प्रकोपले विश्व
नै थलिएको छ । विश्वकै स्वास्थ्य अवस्था संकटमा परेको यो बेला अर्थतन्त्र पनि
गम्भिर अवस्थामा ओर्लिएको छ । विश्वकै अर्थतन्त्र दिनप्रतिदिन ओरालो लाग्ने
क्रममा छ ।
मानवजातिकै सभ्यतामाथि नै गम्भिर प्रश्न उठेको यो संकटको अवस्थामा अर्थतन्त्रका
कुरा त गौण बन्न पुगेका छन्, किनकी अर्थतन्त्र बचाउने भन्दा पनि भाईरसबाट
कसरी जोगिने भन्ने चुनौती सबैतिर छ । तरपनि कोरोना भाईरससँग लड्ने सामथ्र्य
विश्वले नै जर्बजस्ती प्रदर्शन गर्नुपरेको छ । जबसम्म यो भाईरस निमिट्यान्न
पार्ने रोग प्रतिरोधात्मक खोपको विकास हुदैन तबसम्म यसबिरुद्ध को लडाई
लड्नुपर्ने स्थिति सबैतिर जगजाहेर नै रहनेछ ।
हाम्रो जस्तो सिमित स्रोत, साधन र सामर्थ भएको मुलुकलाई यो अबस्था झनै कठिन
हुने स्पष्ट नै छ । सरकारबाट प्रस्तुत पछिल्ला अभिव्यक्तिले आगामी दिनमा यसले
चरम अवस्था ल्याउने देखिएको छ । त्यसैले पनि आमनागरिकलाई सावधानी अपनाउन
हामी हार्दिक अपिल गर्दछौं ।
आज विश्वको गतिशिल एवं चलायमान अर्थव्यबस्थाका हरेक पाटाहरु स्थिर हुन पुगेका
छन् । मानिसले हिडडुल, भीडभाड, जमघट, भ्रमण, सभासमारोह वा सार्वजनिक
कार्यक्रममा सहभागिता जनाउने अवसर गुमाएका छन् । यस्तो अवस्थामा पर्यटन क्षेत्र
पनि ठप्प छ । पर्यटन मानवीय आउजाउबाट चलायनमान हुने व्यावसाय भएपनि
कोरोनाका कारण अहिले सबैतिर शुन्य बन्न पुगेको छ ।
यसले गर्दा पर्यटन क्षेत्रमा लगानी गर्ने सम्पुर्ण व्यावसायीहरु बर्तमान परिस्थितिका
कारण धरासायी बनिरहेका छन भने कतिपय बिस्तापित हुने अवस्थामा पुगिसकेका छन् ।
यस्तो अबस्थामा पर्यटन व्यावसायीलाई हरेका क्षेत्रबाट सान्त्वना, सहयोग, सद्भाव र
हौसला प्रदान गर्नु अत्यन्तै जरुरी छ । व्यबसायीहरु आफ्नो दायित्वबाट टाढा रहन
सक्ने अवस्थामा पक्कै छैनौ तर आफ्नो दायित्व पुरागर्ने सामथ्र्य पनि राख्ने क्षमता
कमजोर बनेको छ ।
नेपालमा बैदेशिक मुद्रा आय आर्जनको प्रमुख स्रोत पर्यटन व्यावसाय हो । तर पर्यटन
क्षेत्र नै थला परेको अबस्था र यो दिन अझ झन लम्बिन सक्ने चिन्ताले
व्यावसायी चिन्तित छन् । यस्तो अवस्थामा हामी सरकारलाई व्यावसायी बचाउने
कार्यक्रम ल्याउन हार्दिक अपिल गर्छाै ।
परिस्थितिले कसैलाइ छाडेको छैन तरपनि यहाँहरुको घरमा आश्रृत भइ ब्यबसाय गनेर्
व्यावसायिलाइ परिस्थितिको मुल्याबकन गर्दै जोगाउने कार्यमा उदार भईदिनुहुन
हामी सबै सरोकारवाला, घरधनि, बैंक बित्तीय संस्था र स्थानिय सरकारसंग नाट्टा
गण्डकी प्रदेश तपसिल बमोजिमको हार्दिक अपिल गर्दछ ।
१) घरजग्गा धनिले बन्दाबन्दिको समय सम्म व्यबसायीहरुलाई भाडा पुर्ण रु
पमा छुट गर्ने र त्यस पश्चात आपसि समझदारीमा घरजग्गाको भाडा कायम गरिदिनु
हुन अनुरोध गर्दछौं । साथै समय र परिस्थितिलाई मुल्याबकन गरि हाल सम्म
सहयोग गर्ने घर र जग्गाधनीहरुप्रति आभार व्यक्त गर्दछौं ।
२) पर्यटन व्यबसाय बर्तमान अबस्थामा पनि बन्दाबन्दिकै रुपमा रहेकोले
व्यावसायिक कर्जा भुक्तानिका लागी दवाब नदिई आत्मबल बढाईदिनु हुन बंैक
तथा बित्तिय संस्थाहरुलाई अनुरोध गर्दछौं र यो स्थितिलाइ समाधान र निकासका
लागि सरकार समक्ष जतिसक्दो छिटो पहलकदमी बढाईदिनु हुन बढाईदिन अनुरोध
छ ।
३) हाल आंशिक रुपमा बन्दाबन्दि खुलेको अबस्थामा सडकमा देखिएको
चहलपहलले संक्रमण को जोखिम बढेको छ । तसर्थ यसलाइ फैलन नदिन स्वास्थ
सम्बन्धि मापदण्ड पूरा गरि जोखिम न्युनिकरण र अनुगमन गरिदिन स्थानिय
सरकारसंग अनुरोध गर्दछौं ।
४) बिदेशमा रहेका नेपालीलाई नेपाल ल्याउँन भईरहेको हवाई सेवा को
टिकेट बिक्री गर्न र नेपालको एक स्थान बाट अर्काे स्थान सम्म जान चाहने
व्यक्तिका लागी यातायातको प्रबन्ध ट्राभल एजेन्सीहरु मार्फत गर्न सहजता
बनाईदिनु हुन सम्बन्धित निकायहरुलाई अनुरोध
Comments are closed.