सहमती र सम्झौता कार्यान्वयन भए आन्दोलन फिर्ता– प्रचण्ड

दलहरुबीच सहमती असम्भव छैन्, अहंकार घटाउनुपर्छ


11100609_10205327237053550_489362257_oपोखरा, चैत २३ गते ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विगतका सहमती र सम्झौतालाई टेकेर संविधान निर्माण गर्ने ग्यारेन्टी भए आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने बताएका छन् । दाहाल सेवा समाज कास्कीको ११ औ साधारण सभाको आइतबार पोखरामा उद्घाटन गर्दै प्रचण्डले १२ बुँदे सहमती, विस्तृत शान्ति सम्झौता र अन्तरीम संविधानमा भएको सहमती अनुसार संविधान निर्माणको ग्यारेन्टी भए आन्दोलनका कार्यक्रम फिर्ता लिने बताएका हुन् । ‘आजै बेलुका प्रधानमन्त्रीसँग मेरो छलफल छ, प्रधानमन्त्रीले विगतका सहमती, सम्झौता, अन्तरीम संविधानको भावना र मर्म अनुसार संविधान निर्माण गर्ने ग्यारेन्टी गरे बन्द हडताल लगायतका कार्यक्रम फिर्ता लिन्छौ ।’ उनले भने । संविधान सभाका लागि जनयुद्ध र जनआन्दोलन भएको स्मरण गर्दै संविधान सभाबाट छिटो संविधान बन्नुपर्छ भन्नेमा कुनै दुईमत नभएको प्रचण्डको भनाई छ ।

३० दलीय मोर्चाका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले आन्दोलन रहर नभएर बाध्यता भएको बताउँदै ३० दलीय मोर्चाको आन्दोलन शान्ति, संविधान र सहमतीका लागि भएको समेत बताए । उनले भने– ‘सहमती, शान्ति र सहकायकै लागी हाम्रो अभियान हो, संविधान बन्न नदिनका लागी हैन ।’ प्रचण्डले कस्तो संविधान बन्ने, संघीयता अधिकार सम्पन्न प्रदेश हुने भन्ने बारेमा १२ बुँदे सहमतीमा राखिएको र सहमती भैसकेको पनि जानकारी दिए ।
संविधान सभाको लागि जसले योगदान ग¥यो उसैलाई पाखा लगाउने काम काँग्रेस र एमालेले गरिरहेको बताउँदै छिटोभन्दा छिटो विगतका सम्झौता र भावना अनुसार संविधान बनोस् भन्ने पक्षमा आफनो पार्टी रहेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दलहरुबीच सहमती असम्भव नभएको पनि बताएका छन् । अध्यक्ष प्रचण्डले शान्ति र संविधान निर्माणका लागि सबै अन्तराष्ट्रिय शक्तिहरुको सहयोग चाहिने बताउँदै छिमेकी देश भारत, चिन लगायत अन्तराष्ट्रिय समुदाय सहमतीमै संविधान बनोस् भन्ने पक्षमा रहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ उपराष्ट्रपति लगायतका नेताहरुसंग भेटदा पनि सहमतीमै संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा रहेका उनको भनाई थियो ।

एमाओवादीलाई एक जातीय राज्यको आरोप लगाइएको बारे स्पष्टीकरण दिँदै प्रचण्डले नेपालमा कुनै एक जातीको राज्य बन्न नसक्ने ठोकुवा गरे । उनले समाज एक जाती नहुने बताउँदै राज्य एकल भाषिक र जातीको भएकाले अरुले भेदभाव भयो भन्ने महशुस गरेका कारण सबैलाई समेट्ने गरी राज्यको पुनसंरचनाको माग उठेको उल्लेख गरे । यसैबीच, एमाओवादी अध्यक्ष प्रचण्डले अगुवा कार्यकतालाई सम्बोधन गर्दै आमहताल फिर्ता नहुने बताएका छन् । उद्योगी व्यापारीले आमहडताल फिर्ता लिन आग्रह गरेको एक दिन पछि पोखरामा कार्यकतालाई सम्बोधन गदै आन्दोलन सशक्त पार्न आग्रह गरे । उनले सर्वोच्च अदालतको निर्णयले सबै माओवादी एकै ठाँउमा आउने वातावरण मिलाइदिएको भन्दै धन्यवाद समेत दिए ।

Comments are closed.