विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस सँग दुनियाँ जुधिरहेको बेला पोखरा २८ मा २०७३ सालमा `युवाको पहिचान,समाजसुधारमा हाम्रो अभियान´ भन्ने मुल नाराका साथ स्थापना भै समाजमा विभिन्न सामाजिक तथा सांस्कृतिक अभियान चलाउदै आएकोकालिका सामुदायिक युवा क्लबले भने पोखरा २८ भित्रका स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक प्रहरी साथिहरुलाई मास्क तथा सेनिटाइजरबितरण गरेको छ।
साविक कालिका बाट पोखराको मुख्य बजारमा झरेर व्यवसाय गरिरहेका युवा व्यवसायी तथा अन्य बजारमा पक्कड जमाएकायुवा व्यवसायीले देखाएको सौहार्दता र सहयोगलाई बजारबाट गाउँ सम्म लगेर वितरण गर्ने अभियान नै चालिएको एक सदस्यले बताए।
अध्यक्ष सागर अधिकारीले::युवा व्यवसायी किर्तिवल्लव त्रिपाठी,दिपक गुरुङ,मीन नेपाली,पुष्पराज त्रिपाठी,आशिक गुरुङ एंवसुरज जन ढुंगानाले सहयोग गरेको मास्क तथा सेनिटाइजर गाउँसम्म पुर्याएर घर–घरमा पुगेर बाढ्न सक्ने स्थिती नभएतापनी दैनिक रुपमास्वास्थ्यको सुरक्षामा खटिनुभएका स्वास्थ्यकर्मी तथा सुरक्षार्थ खटिनुभएका प्रहरी साथीहरुलाई पहिलो चरण अन्तर्गत बुधबार मास्कतथा सेनिटाइजर वितरण गरेका छौं दोस्रो चरण अन्तर्गत यस क्षेत्रमा खाधान्न ओसारपसार तथा अन्य दैनिक अत्यावश्यक सामानओसारपसार गर्ने पेशा व्यवसायलाई मध्यनजर गरेर बितरण गर्नेछौं,पोखरा २८ भित्र रहेका आमजनताको स्वास्थ्य प्रती गम्भीर रहेरसहयोग गर्नुहुने सबैसबैमा हार्दिक धन्यवाद दिदैं भोलिका दिनमा सबैको भावनालाई समेटेर अगाडि बढ्ने र कमिकमजोरीलाई समेतसुधार्ने प्रतिवद्दता सहित धेरैले सहयोग गर्न इच्छा प्रकट गर्नाले आफु र आफ्नो संस्थालाई सामजिक कार्य गर्न थप उर्जा मिलेको रहार्दिकता पुर्वक सम्मान गर्दै संस्था सहयोग लिनका निम्ति आत्तुर रहेको पनि जानकारी दिए |
वितरणको क्रममै शुक्रबारका लागि साविक कालिका गाविस हाल मादी ५+ पोखरा २८ को देउमाडीमा रहनुभएका युवा दाजुभाइलेआयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमका लागि समेत मास्क उपलब्ध गराइएको र आवश्यकताका आधारमा सेनिटाइजर तथाथप मास्क पनि क्लबले उपलब्ध गरेको छ ।सबैले कम्तिमा विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले लागु गरेका स्वास्थ्य सम्बन्धीमापदण्डलाई पुर्ण रुपमा पालना गर्नुस स्वास्थ्य रहे न अझै धेरै सामाजिक कार्य गर्न सकिन्छ युवा क्लबका सदस्य सरद राज भण्डारीलेअनुरोध गरे |
सामुदायिक सेवा केन्द्र एंव प्रहरी सेवा केन्द्र कालिकामा सहकार्य तथा समन्वय उपसमिती संयोजक विनायक भण्डारी,कालिकास्वास्थ्य चौकी कालिकामा कार्यसम्पादन तथा मूल्याकंन उपसमिति संयोजक सुशिला बिश्वकर्मा तथा माझठाना स्वास्थ्य चौकि सौरेमाकार्यसमिती अध्यक्ष सागर अधिकारीको संयोजकत्वमा खटिएको टोलिमा सहसचिव सोनि अधिकारी,सदस्यहरु सन्देश भण्डारी,सरदराजभण्डारी,सनम अधिकारी,बर्षा तिवारीको उपस्थिति रहेको र बिहीवार वडा कार्यालय अगाडि स्वयंसेवकको रुपमा खटिएर जनचेतनाफैलाउने तथा पुर्वनिर्धारित बाकी रहेका कार्यहरु निरन्तर रुपमा अगाडि बढाउने कोषाध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।
Comments are closed.