सहारामा थपिए चार बालक

पोखरा २४ वैशाख / पोखराको सहारा क्लबले संचालन गरेको सहारा एकेडेमीमा थप चार जना वालकहरु थपिएका छन । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित क्लबले पोखरा १७ सितापाइलामा एकेडेमी संचालन गदै आएको छ । एकेडेमीमा नयाँ थपिएका चार जना सहित २५ जना वालहरु पुगेका छन् । क्लबले एकेडेमीमा अझै थप ५ जना वालकहरुलाई राख्न सकिने जनाएको छ ।balak

हाल एकेडेमीमा थपिएका कास्की भदौरेतामागीका ११ बर्षीय सुर्य सुनार (विक), कैलाली पवेरा गाविसका ११ बर्षीय भागवत चौधरी, कैलाली टिकापुरका १२ बर्षीय समिर चौधरी र पर्वत कार्कीनेटाका १२ बर्षीय शिशिर क्षत्री रहेका छन । नयाँ शैक्षिक सत्र २०७२ संगै अन्य पाँच जना वालकहरुकोे खोजि अभियान सुरु भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । कठिन परिस्थिती एवं विपन्न वर्गका बालकहरुको सहारा एकेडेमी पोखरा—१७, दोबिल्लामा ३० जना राख्ने गरी क्षमता भए पनि हाल १४ जिल्लाका २५ जना वालकहरु रहेको अध्यक्ष आचार्यले बताए ।

१० देखि १२ वर्ष सम्मका कक्षा ५ देखि ७ सम्म अध्ययनरत भएका, कठिन आर्थिक अवस्था कमजोर भएका, बाबुआमा दुबै नभएका वा कुनै एकको मृत्यु भएको वा बुवा आमा क÷ख वर्गको अपाङ्गता भएको बालकको शारीरिक तन्दुरुस्ता लगायतको मापदण्ड पुरा भएका वालकहरुलाई एकेडेमीमा राखिने अध्यक्ष आचार्यले जानकारी दिए ।भुकम्पबाट प्रभावित भएका वालकहरुलाई बढी प्रथामिकता दिईने समेत अध्यक्ष आचार्यले बताए ।

विगत २०५८ सालबाट संञ्चालित सहारा एकेडेमी हालको तेस्रो ब्याज हो । एकेडेमीमा रहेका वालकहरु सुविधा सम्पन्न भवनमा हाल निशुल्क गाँस, बास र कपासको सुविधा लिई निरन्तर अध्ययन, फुटबल प्रशिक्षण र अतिरिक्त क्रियाकलापमा समेत संलग्न छन । फुटवल खेल्दा खेल्दै चौरबाट स्थापना भएको मोफसलको सहारा क्लबले दाताको सहयोगबाट २ करोडको लागतमा आफ्नै दुई तले पक्की भवन, फुटवल मैदान निमार्ण गर्ने नेपालकै पहिलो क्लबको रुपमा परिचिय बनाएको छ ।

क्लबले एकेडेमी संचालनका लागी दुई करोडको अक्षयकोर्ष स्थापना गर्ने लक्ष्यका साथ आर्थिक संकलन अभियान समेत संचालन गरेको छ । एकेडेमीलाई दिगो रुपमा संचालनका लागी कोर्ष स्थापना गरिएको र दुई करोड पुर्याउने योजना रहेको क्लबका अध्यक्ष आचार्यले बताए । एकेडेमी संचालनका लागी क्लबले आहा रारा गोल्डकप फुटबल प्रतियोगिता समेत संचालन गदै आएको छ । गोल्डकप बाट वचत रकम एकेडेमी संचालनमा खर्च गदै आएको छ ।

Comments are closed.