सहारा र एन्फा कास्कीको जुहारी मैदानमा पनि !

पूर्व सम्झौतालाई नयाँ नेतृत्वले स्वीकार्नुपर्छ– सहारा
मैदान प्रयोग गरेपछि मर्मतमा आर्थिक सहयोग गर्नैपर्छ– एन्फा

ऋषिकान्त पौडेल/
पोखरा, १२ माघ ।
प्रतियोगिता मिति जुधाउनेदेखि झिनामसिना कुरामा समेत पानी बाराबारको स्थिति दर्शाइरहेका कास्की जिल्ला फुटबल संघ र सहारा क्लब पोखराबीचको विवाद खेल मैदानसम्म आउँदा चरमोत्कर्षमा पुगेको छ । प्रतिष्ठित प्रतियोगिता आहा रारा गोल्डकप सुरु हुन मात्रै एक हप्ता बाँकी रहँदा विगतमा प्रयोग हुँदै आएको पोखरा रंगशालाको फुटबल मैदान प्रयोगबारे अन्यौलता कायम रहेपछि, दुई संस्थाबीचको आपसी बेमेल छताछुल्ल बनेको हो ।

कास्की जिल्ला फुटबल संघ (एन्फा)ले मैदानमा प्रतियोगिता मात्र गर्ने मर्मतका लागि कुनै रकम सहयोग नगरेको भन्दै मैदान तयारीको काममा व्यवधान खडा गरेको हो । सहाराले प्रतियोगिताका लागि मैदानलाई अन्तिम अवस्थामा फिट गर्नका लागि आफुहरु लाग्नुपर्नेमा एन्फा कास्कीका कारण असहजता पैदा भएको प्रति चिन्ता प्रकट गरेको छ ।

यसअघिका संस्करण सुरु हुनुको दुई साता अघि नै सहाराले तयारीस्वरुप मैदानमा पानी छर्किने र दुवो उमार्ने काम थालनी गरिसक्थ्यो । यसपटक भने कास्की जिल्ला फुटबल संघ (एन्फा)ले मैदानमा प्रतियोगिता मात्र गर्ने मर्मतका लागि कुनै रकम सहयोग नगरेको भन्दै मैदान तयारीको काममा व्यवधान खडा गरेको हो ।
सहाराले प्रतियोगिताका लागि मैदानलाई अन्तिम अवस्थामा फिट गर्नका लागि आफुहरु लाग्नुपर्नेमा एन्फा कास्कीका कारण असहजता पैदा भएको प्रति चिन्ता प्रकट गरेको छ । अझ मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको मुखमा मैदानमा छाडा रुपले अन्य गतिविधिहरु सञ्चालन गर्न दिनु, अन्य खेलका प्रशिक्षण गराउनु झनै दुखद भएको पनि सहाराको बुझाई छ । यद्यपी मैदान संरक्षण र मर्मतका कारण उचालिएको दुई संस्थाबीचको विवाद टुङग्याउन आफुहरु सकारात्मक रहेको भने दावी गरेको छ ।
“हामीे मैदान संरक्षण र मर्मत गर्नुपर्छ भन्ने कुरामा कुनै कन्जुस्याईं गरेका छैनौं तर एन्फा कास्कीले हामीलाई अहिले अन्यायमा पारेको छ ।” –अध्यक्ष विरभद्र आचार्यले भने ।
यसअघि पोखरा रंगशालालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ चारैतिर पर्खाल निर्माण गरीएको थियो । राष्ट्रिय खेलकुद परिषदको निर्णय अनुसार नै भएको उक्त कार्यमा पोखराका विभिन्न विद्यालय, सामाजिक व्यक्तित्व, खेलकुद संस्था लगायतले आर्थिक सहयोग गरेका थिए ।
विरेन्द्रसिंह गुरुङ नेतृत्वको पर्खाल निर्माण समितिले त्यसताका कम्तीमा १६ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई विभिन्न सेवा प्रदान गर्ने निर्णय गरेको थियो । जस अन्र्तगत १६ हजार रुपैयाँ प्रदान गर्ने व्यक्तिहरुले रंगशाला भित्र हुने सबै प्रतियोगितामा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको थियो । त्यसैबेला आर्थिक सहयोग गरेकै कारण सहारा क्लब पोखरा सहित विभिन्न पाँच विद्यालयलाई पोखरा रंगशालामा कुनै पनि प्रतियोगिता निःशुल्क रुपमा आयोजना गर्न पाउने अधिकार दिएको थियो ।
अहिलेको फुटबल संघ नेतृत्वले पुरानो सम्झौता अनुसार पाँच विद्यालयलाई निःशुल्क प्रतियोगिता गर्न पाउने अधिकारलाई निरन्तरता दिने तर सहारा क्लबलाई भने मैदान मर्मतका नाममा रकम नदिएको भन्दै प्रतियोगिताको मुखमा पक्षपाती व्यवहार गरेको सहारा क्लवको आरोप छ ।
“मैदानको संरक्षणका लागि जिल्ला खेलकुद विकास समिति अन्र्तगतको छुट्टै कोष खडा गर्नुपर्छ, त्यसमा कति सहयोग गर्नुपर्छ गर्छौं”, सहारा क्लवका अध्यक्ष आचार्यले भने– “तर पुरानो सम्झौता नमानिकन पक्षपाती ढङगले हामिलाई मैदानमा पानी हाल्न नदिनेजस्ता क्रियाकलाप गरिनुभएन ।”
उनका अनुसार की पुराना सम्झौता मान्दैनौं भनेर एन्फाले कसैलाई पनि निःशुल्क मैदान प्रयोग गर्न दिनुभएन कि सहारालाई पनि दिनुप¥यो भन्ने क्लबको मान्यता छ ।

पोखरा रंयशाला र त्यसभित्र रहेको फुटबल मैदान संरक्षण एवं मर्मतका लागि कास्की जिल्ला फुटबल खेलकुद बिकास समितीले एन्फा कास्कीलाई जिम्मा दिने गरी सम्झौता गरेको छ । मैदानको जिम्मा पाएको एन्फाले खेलकुद विकास समितिलाई बार्षिक एक लाख रुपैयाँ बुझाउने गरेको छ । त्यसैकारण एन्फाले सहाराले मैदान मर्मत गर्दा मर्मत शुल्क तिर्नुपर्ने अडान राख्दै आएको दावी गरेको छ ।

पोखरा रंयशाला र त्यसभित्र रहेको फुटबल मैदान संरक्षण एवं मर्मतका लागि कास्की जिल्ला फुटबल खेलकुद बिकास समितीले एन्फा कास्कीलाई जिम्मा दिने गरी सम्झौता गरेको छ । मैदानको जिम्मा पाएको एन्फाले खेलकुद विकास समितिलाई बार्षिक एक लाख रुपैयाँ बुझाउने गरेको छ । त्यसैकारण एन्फाले सहाराले मैदान मर्मत गर्दा मर्मत शुल्क तिर्नुपर्ने अडान राख्दै आएको दावी गरेको छ ।
एन्फाका कार्यवाहक अध्यक्ष धर्मसिंह लामिछानेका अनुसार मैदान मर्मतमा जिम्मेवारीबोध गर्नेगरी सल्लाह गर्न सहाराले आफुहरुसँग कुनै समन्वय गरेकै छैन ।
“मैदान मर्मत गर्नका लागि आर्थीक पक्ष नै महत्वपूर्ण हो तर निःशुल्क रुपमा मैदान प्रयोग गर्न पाउनुप¥यो भन्ने कुरा सकारात्मक छैन ।” लामिछानेले भने– “औपचारीक रुपमा मैदान मर्मतका लागि हामि यति सहयोग गर्छौं भन्ने प्रतिबद्धतापत्र सहित सहारा क्लवका पदाधिकारी आउनुप¥यो । जिल्ला खेलकुद विकास समितिबाट मैदानको जिम्मा पाएको एन्फा मैदान लैजानुस् भनेर कुनै क्लबमा जाने कुरा हुँदैन ।”
मैदान निःशुल्क प्रयोग गर्न पाउनुपर्ने र शुल्क बुझाउनुपर्ने भन्ने कुरामा दुई संस्थाबीच चलेको यो जुहारीले समग्र खेलप्रेमीलाई भने चिन्तित तुल्याएको छ । खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछानेले रंगशाला सार्वजनिक सम्पत्ति भएकाले सबैले समानरुपमा प्रयोग गर्न पाउनुपर्ने बताए ।
“सार्वजनिक सम्पत्तिका रुपमा रहेको रंगशालामा खेल गतिविधि गर्न पाउने अधिकार सबैमा हुन्छ तर त्यसको संरक्षणका लागि सबै पक्ष अग्रसर हुनुपर्छ ।” लामिछानेले भने– “अहिले दुई संस्थाबीचको विवाद तत्काल अन्त्य गर्नुपर्छ यसले सकारात्मक सन्देश जाँदैन ।” आहा रारा गोल्डकपको मुखैमा आएर मैदानमा पानी हाल्ने लगायतका मैदान तयारीका काममा रोक्न नहुने उनको तर्क छ ।
“प्रतियोगिता सकेपछि दुवैपक्ष बसेर भावी दिनमा कसरी जाने भन्ने निक्र्यौल गर्न सकिन्छ तर वर्षौदेखि हुदै आएको प्रतियोगितालाई असर पु¥याउन हुँदैन ।”– उनको भनाई छ ।
विवाद सुल्झ्याउन आज (सोमबार) दुवैपक्षबीच वार्ताको तयारी भईरहेको छ । सहाराले मैदान मर्मतस्वरुप एक लाख पचास हजार रुपैयाँ एन्फालाई बुझाउनुपर्ने अडानलाई आजको वार्तामा पनि निरन्तरता दिने बुझिएको छ भने सहारा पूर्वसम्झौता बमोजिम नै मैदान प्रयोग गर्न पाउनुपर्ने अडानमा छ । समग्र खेल संस्था र खेलकुद गतिविधि विकासका लागि राज्यद्धारा गठित जिल्ला खेलकुद विकास समितिको वर्तमान नेतृत्व पनि देखिएको विवादलाई छिटो मिलाउन आग्रह गरेको छ ।
अध्यक्ष सुमन देवकोटाका अनुसार जतिसक्दो छिटो विवाद मिलाईनुपर्छ । “आफैं बसेर विवाद अन्त्य गर्न भनेका छौं, अन्यथा एउटा प्रतिष्ठित फुटबल प्रतियोगितालाई असर पर्ने वातावरण बनेसम्म समिति त्यसै बस्दैन ।” मैदान सबैको भएकाले त्यसको उपभोग गर्ने सबैले संरक्षणका लागि पनि समन्वय गर्नु जरुरी हुने उनको भनाई छ । “एन्फाका तर्फबाट पनि आहा रारा गोल्डकपलाई असर पार्नु हँुदैन र व्यसायीक रुपले सफल प्रतियोगिताको आयोजक सहारा क्लबले पनि मैदानका लागि केहि रकमको दायीत्वबोध गर्नैपर्छ ।” –देवकोटाले सुझाए ।

Comments are closed.