सहिदका सपना मर्न दिँदैनौँ– विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको सपना मर्न नदिने बताएका छन् । आत्मनिर्भर र सुन्दर नेपाल निर्माण गर्ने उनले बताएका छन् । तीनबुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको उनले बताएका छन् । नेपाली समाज रूपान्तरणको प्रक्रियामा अगाडि बढिरहेको उनले बताए । सहकार्य र हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए । विदेशीसामु कहिल्यै नझुक्ने पनि उनले बताएका छन् । सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर समारोहमा विप्लवले कम्युनिस्ट पार्टीले मात्रै युद्धको अन्त्य गर्ने उनले बताए । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट वार्ता टोली संयोजक तथा प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

Comments are closed.