हाम्रो समाजको एउटा ठुलो समुह चाहिँ यति धेरै आशे छ कि एउटा आशा न ओईलाउंदै दुईवटा आशा थपी हाल्छ। यो समूहका आशा र अपेक्षा को कुनै सिमा नै छैन । यो समूह संधै चाहान्छ कि कोहि सेतो बाईपंखी घोडामा तरवार नचाउंदैआवस र सबै कुरा ठीक्ठाक्क पारि दिएर फेरी तरवार नचाउंदै जावस । तर यो बर्ग लाइ केहि पनि काम नलगावस। आफैंले चाहिँ केहि पनि काम गर्न नखोज्ने तर पुजा कोठामा बसेर उही बाईपंखी घोडामा सवार भएका लाइ अगर बत्ति बालेर पुजा गर्न हमेशा तयार हुने यो बर्गले हाम्रो समाजलाई नराम्रो गरी बाँधेर राखेको छ । एउटा जुईना चुँडायो अरु पाँचवटा जुईनाले बाँधन दश जना तयारी अवस्थामा हुन्छन्।
हामीले कुनै अध्ययन अनुसन्धान र तयारी बिना जता-जता हिंड्ने मन लाग्यो उतै-उतै हिड्यौं र अनि जस्तो बाटो बन्यो त्यही बाटो लाई मूल बाटो हो भन्यौं। परिणाम, हाम्रो कथित मुलबाटो ज्यादै लामो र घुमाउरो बन्यो । आफैले बनाएको मूल बाटो हिड्दा हिंड्दै धेरै यात्रीहरु यात्रामै कतै हराए। न हामीले मूल बाटो बनायौं न त चोर बाटो हिड्नै छोड्यौं । आज सबैले ओकालत गर्ने कुरा के देखिएको छ भने ‘आफू हिड्ने बाटो चाही मूलबाटो हो र अरु हिड्ने बाटो चाहिँ चोर बाटो हो’ । यहाँ प्राय हामी सबैले बिर्सिदै गएको कुरा के हो भने ‘चोर बाटो त छोटो होला तर जीवनको बाटो पनि सारै लामो छैन/हुँदैन”।
भ्रम बाट मुक्त हुँदै ‘हामी सबैले सहि र समय सुहाउँदो जीवन बाँच्न सकौं । सबैको तनमनमा खुशी र आनन्दले बास गरोस । उज्यालो पर्व तिहारको चम्किलो उज्यालोले हामी भित्रको अन्धकार हटाउन मद्दत गरोस । तिहारको हार्दिक शुभकामना।
Comments are closed.