साँचो मायाले छुटायो जेल,  ‘एउटैसँग दुई पटक विवाह’

‘पर्वत शंकरपोखरीका प्रदिप भुसाल र कुस्माकी अल्सना राना मगरले गत असोज १९ गते बाराही मन्दिरलाई साँची राखेर अन्तरजातिय प्रेम विवाह गरे । यो जोडिले मंगलबार जिल्ला अदालत कास्कीको प्राङ्गणमा फेरी विवाह ग¥यो । अल्सनालाई प्रेम विवाह गर्दा प्रदिपले तीन महिना बढी प्रहरी हिरासतदेखि जेलसम्मको जीवन भोगेर मंगलबार न्याय पाएका थिए ।’

अमृत सु10937480_964460953573909_1089644121_nवेदी/पुस ३० /पोखरा|

प्रदिप भुसाल विद्यालयका नयाँ शिक्षक । भर्खर जवानी चड्दै गरेकी ८ कक्षामा अध्ययनरत अल्सना चञ्चल विद्यार्थी । पर्वत कुस्माको नमुना उच्च माविमा दुवै जनाको शिक्षक–विद्यार्थीको रुपमा चिनजान भयो । पर्वत शंकरपोखरीका प्रदिप र कुस्मा–५ की अल्सनाको सम्वन्ध शिक्षक–विद्यार्थीवाट अरु नजिँकिँदै गयो र उनीहरुको विस्तारै माया बस्यो । उनीहरुको प्रेम झ्याङ्गीँदै गयो र विस्तारै परिवारले चाल पायो । अल्सनाको परिवारले अन्तै विहे गरिदिने निधो ग¥यो । अल्सनाले आफ्नो विवाह अन्तै गरिदिन लागेको चालपाएपछि प्रदिपलाई फोन गरिन् । फुपुको घरमा रहेकी १७ बर्षे अल्सना र २३ बर्षे प्रदिपले भागेर विवाह गर्ने निधो गरे ।

 


 ‘रक्सी खाएर आएका ५/७ जना अल्सनाको आफन्तले मलाई गाली गर्दै कुटपित ग¥यो । उसलाई कहाँ लगे थाहा भएन, मलाई सादा पोसाकमा प्रहरीलाई जिम्मा लगाए र जिल्ला प्रहरी कार्यालय कुस्मा पुर्यायो  ।’


 पोखराको पृथ्वीनारायण क्याम्पसबाट विएससी पास गरेका प्रदिप र कुस्माको नमुना उच्च माविमा अहिले १० कक्षामा अध्ययनरत अल्सनाले माया बसेको २ बर्ष पछि यही बर्षको असोज १९ गते भागेर अन्तरजातीय विवाह गरे । पोखराको वाराही मन्दिरबाट बिहे गरी सँगै बाँच्ने र मरे सँगै मर्ने कसम खाए । यही अन्तरजातीय प्रेम विवाह कै कारण प्रदिपले प्रहरी हिरासतदेखि जेल समेत जानुप¥यो । कारण, अल्सनाको परिवारले प्रदिपलाई जवरजस्ती करणीको मुद्धा हालिदियो । असोज १९ गते विवाह गरी दुवै जनाको परिवारलाई जानकारी गराएर २१ गते प्रदिपको घर जाँदै गर्दा डिमुवामा अल्सनाको परिवारले उनीहरुलाई रोक्यो । प्रदिप भन्छन्,‘रक्सी खाएर आएका ५÷७ जना अल्सनाको आफन्तले मलाई गाली गर्दै कुटपित ग¥यो । उसलाई कहाँ लगे थाहा भएन, मलाई सादा पोसाकमा प्रहरीलाई जिम्मा लगाए र जिल्ला प्रहरी कार्यालय कुस्मा पु¥यायो ।’ पर्वतबाट उनीहरुलाई पोखरा पठायो र मुद्धा कास्की जिल्ला अदालतमा पुग्यो । अदालतको jodyफैसला नहुँदासम्म प्रदिपले २८ दिन प्रहरी हिरासत र ४२ दिन जेलमा बिताए ।


अल्सना भन्छिन्,‘मैले मन पराएको मान्छेलाई पाएकी छु । न्याय पाएका छौं । अहिले मलाई ठुलै युद्ध जितेभन्दा कम आनन्द मिलेको छैन ।’


पुस २९ गते मंगलबार उनीहरुको प्रेमलेले जित्यो । तीन महिना अगाडी पोखराको वाराही मन्दिरमा विहे गरेका कास्की जिल्ला अदालतमा मंगलबार कानुनी रुपमा फेरी विवाह गरे । परिवारले आफुलाई भ्रममा पारी जवरजस्ती करणीको कागजमा हस्ताक्षर गर्न लगाएको अल्सनाले बताईन । मैले परिवारलाई सबै कुरा बताएँ । तर, परिवारले मेरो कुरा सुनेन । उल्टै मलाई जवरजस्ती करणीको कागजमा हस्ताक्षर गर्न लगाउन थाल्यो । म मानसिक रुपमा एकदम कमजोर भएकी थिएँ’ अल्सनाले भनिन् । ढिलै भएपनि आफुले मन पराएको मान्छेलाई पाउँदा र प्रदिपलाई न्याय दिलाउन पाउँदा ठूलै युद्ध जिते जस्तो लागेको उनले बताइन् ।


 ‘मन मिल्छ भने प्रेममा कुनै जाती हुँदैन अल्सनासँग सुन्दर जीवन विताउने निधो गरेको छु’, प्रदिपले भने । 


जिल्ला न्यायधीस रामप्रसाद ओलिको इजलासले उनीहरुको विवाहलाई मान्यता दिएको हो । न्याय पाएपछि प्रदिपले भने,‘हामीले कुनै ठूलो अपराध गरेका होइनौं, एकअर्कालाई मन पराएका कारण विवाह गरेका हौं तर, मैले तीन महिना बढी सजाय भोग्नुप¥यो ।’ उनले आफ्नो परिवारले पहिले नै स्वीकारेको भएपनि अल्सनाको परिवार तथा आफन्तले अस्वीकार गरेको उनले बताए । उनले मन मिल्छ भने प्रेममा कुनै जाती नहुने भन्दै आफुले अल्सनासँग सुन्दर जीवन विताउने बताए ।

Comments are closed.