सांग्रीलाको मुनाफा करिब ३० करोड

पोखरा, १३ साउन/ सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७१÷०७२ को आषाढ मसान्तसम्म २९ करोड ९७ लाख संचालन मुनाफा आर्जन गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलका अनुसार बैंकले गत आर्थिक बर्षमा ८.०१ अर्ब निक्षेप संकलन गरि गत बर्षको तुलनामा २४.०८ प्रतिशत वृद्धि गर्न सफल भएको छ । यसैगरी, ६.५३ अर्ब कर्जा लगानी गरेको छ । लगानीतर्फ गत बर्षको तुलनामा २७.१० प्रतिशत वृद्धी भएको पौडेलले जानकारी दिए ।

यसैगरी, बैंकले १९.०७ करोड रुपैयाँ खुद मुनाफा कमाउन बैंक सफल भएको छ । बैंकको अहिले निष्क्रिय कर्जा अनुपात ०.५८ प्रतिशत, प्रति शेयर आम्दानी रु २५.९२ र कर्जा निक्षेप अनुपात ७२.१९ प्रतिशत रहेको छ । बैंकले देशका विभिन्न ठाउँमा २६ वटा शाखामार्फत् कारोबार गर्दै आएको छ ।

 

Comments are closed.