साउदी गठबन्धनद्वारा यमनबाट आएको क्षेप्यास्त्र आकाशमा नै नस्ट

 

रियाद, साउदी अरब, पुस २१ (रासस÷सिन्ह्वा) ः यमनी हुथी विद्रोही विरुद्ध सङ्घर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान शहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नस्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको छ ।

गठबन्धनका प्रवक्ता तुर्की अल माल्कीद्वारा हस्ताक्षर गरिएकोे एक विज्ञप्तिमा भनिएको छ, “यमनी भूमिबाट साउदीको मानववस्तीमा लक्षित गरी आक्रमण गरेको देखेपछि उक्त क्षेप्यास्त्रलाई प्याट्रियट ब्रिगेडले आकासमा ध्वस्त पारिदिएको छ ।”

क्षेप्यास्त्रलाई आकासमा नस्ट गरिएको भएपनि यसबाट उछिट्टिएर आएका टुक्राले सीमाक्षेत्रका भौतिक संरचनामा सामान्य क्षति भएको तर मानवीय क्षति भने नभएको बताइउको छ ।

साउदी अरबले आक्रमण प्रयासलाई ‘शत्रुतापूर्ण’ भन्दै यसमा हुथी विद्रोहीलाई सघाउन इरानको हात रहेको आरोप लगाएको छ ।

यमनी भूमिबाट केही हप्ता पहिले पनि यस्तै आक्रमण प्रयास भएको थियो । उक्त प्रयासलाई पनि आकासमै साउदी गठबन्धनले विफल पारेको जनाएको थियो ।

Comments are closed.