साउन दोस्रो साता ‘बिबिआर’ फुटसल प्रतियोगिता

पोखरा,
पोखरा महानगरपालिका २७ तालचोक स्थित काइट फुटसलमा पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ हुने भएको छ ।
आगामी १० र ११ गते स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले ‘फाइभ ए साइड फुटसल प्रतियोगिता’ आयोजना गरिने खेल संयोजक राहुल गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार हात पार्नेछ ।
यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडीले ट्रफीसहित २ हजार ५ सय, र सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकले जनही २ हजार प्राप्त गर्नेछ ।
दुई दिन सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिमले चाहेको खण्डमा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजनका एक जना खेलाडीलाई समावेश गर्न पाइने बताइएको छ ।
उक्त प्रतियोगिताको दर्ता शुल्क नगद रु ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।

Comments are closed.