पोखरा
मंसिर १५
यही मंसिर १५ गतेबाट सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद ( SAG) लाई सभ्य एवं भव्य रुपमा सम्पन्न गराउन १३औं दक्षिण एसियाल खेलकुद ( SAG) सुरक्षा उप-समितिका संयोजक तथा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले पोखरा स्थित रंगशालाको स्थलगत अवलोकन गर्नुभई सुरक्षा प्रवन्धका लागि खटिएका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
खेलकुद अवधीभर कुनै पनि अप्रिय घटना हुन नपाउने गरी चुष्त दुरुष्त रुपमा सुरक्षा व्यवस्था मिलाउन उहाँले खटिनुभएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभएको हो । साथै यो एक खेलकुद प्रतियोगिता मात्र नभएर राष्ट्रको प्रतिष्ठाको विषय समेत भएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागितालाई शंवेदनशिल रुपमा लिई उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न गराउन उहाँले खटिएका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
सोही अवसरमा १३औं दक्षिण एसियाल खेलकुद ( SAG) सुरक्षा उप समितिका सह-संयोजक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले खेल अवधीभर खेलकुद मैदान , खेलाडी , खेलाडीहरुको बास स्थान लगायत ट्राफिक व्यवस्थापनको सुरक्षा योजना बारे प्रहरी नायव महानिरीक्षक घिमिरेलाई जानकारी गारउनुभएको थियो ।
प्रतियोगितालाई त्रुटिरहित ढङगले सम्पन्न गर्न हरसम्भव प्रयास गरिरहेको नेपाल प्रहरीले उक्त रंगशाला भित्र नेपाल प्रहरी कमाण्ड पोष्ट खडा गरी विभिन्न खेल र खेलाडीहरुको हर-प्रहर सुरक्षा व्यवस्था मिलाएको छ । खेलकुद स्थलको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै खैल मैदान र वरपर नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहरुबाट स्नाईफिङ साथै अन्य सुरक्षामैत्री प्रविधिको प्रयोगबाट सुरक्षा व्यवस्थालाई थप कडा बनाईएको छ ।
Comments are closed.