साझा र पवित्र उद्देश्य प्राप्तीका लागि गठबन्धन : आचार्य

पोखरा २३, वैशाख,

 

पाँचदलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले फरक धार र विचार बोकेका पार्टीहरु बिच साना दुखले गठबन्धन नगरिएको बताएका छन् । पोखरा २१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले साझा र पवित्र उद्देश्यका खातिर प्रजातन्त्र र वामपन्थी शक्तिहरु एक भएर लागेको बताए ।

लामो राजनीतिक संघर्ष मार्फत प्राप्त उपलब्धिहरुको रक्षाका साथै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि पनि दलहरु बिचको समिकरण आवश्यक रहेको उनले बताए । विधि, पद्धति र संविधानको खिलापमा जाने अराजक नेतृत्वको वेकुफीपनका कारण मुलुक दुर्घट्नामा जाने देखिएपछि प्रजातन्त्र र लोकतान्त्रिक गाण्तन्त्रका लागि लडेका शक्तिहरु एक हुनुपरेको उनले जिकिर गरे ।

भरतपोखरी र निर्मलपोखरीको विकासका लागि आफु सदैव चिन्तशिल र सकारात्मक रहेको बताएका आचार्यले प्रभावशाली र लोकप्रीय नेतृत्व स्थापित गर्न सक्ने क्षमता अव महानगरमा देखाउनु आवश्यक रहेको सुझाए । विगतमा संघ सरकारको मन्त्री बनाउन सक्ने क्षमता राखेको वडाले महानगरको नेतृत्व प्राप्त गर्नका लागि पनि पहलकदमी लिन उनले आग्रह गरे ।

पोखरा २१ को समग्र विकास र समृद्धिका लागि आफु योजनावद्ध ढंगले आएको उल्लेख गर्दै ति योजनाहरुको साझेदार बन्न अपिल समेत गरे । पोखरा २१ को पर्यटन विकास, कृषि तथा रोजगारीका अवसरहरु सृजना र खानेपानी तथा पुर्वाधार विकास लगायतका तमाम् मुद्धाहरुमा आफुहरु प्रतिवद्धतामा साथ लाग्ने उनले विश्वास समेत दिलाए ।

Comments are closed.